हङकङमा कोरोना संक्रमितको संख्या पुग्यो ५ हजार ३९, मृतक संख्या १०३

हङकङमा कोरोना संक्रमितको संख्या पुग्यो ५ हजार ३९, मृतक संख्या १०३

नेपालखबर
असोज ५, २०७७ सोमबार १२:३९,

आइतबार हङकङमा ६ नयाँ संक्रमित थपिएसँगै हङकङमा कोरोना संक्रमितको संख्या ५ हजार ३९ पुगेको कोरोनाको तथ्यांक राख्दै आएको वर्ल्डो मिटरले जनाएको छ।

यसैबीच हङकङमा कोरोनाबाट मृत्यु हुनेको संख्या हालसम्म १०३ पुगेको छ। कुल संक्रमितमध्ये हालसम्म हङकङमा ४७ सय १७ उपचारपछि स्वस्थ बनेका छन्।

हङकङमा हाल सामूहिक कोरोना परीक्षण कार्यक्रम जारी छ। यस कार्यक्रम अन्तर्गत हङकङका सबै नागरिकलाई निशुल्क कोरोना परीक्षण गराइनेछ।

यस योजना अन्तर्गत यतिबेला लाखौं मानिसहरुले कोरोना परीक्षण गरिसकेका छन्।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .