ad ad

समाज


पाँचवटा प्रदेशमा भारी वर्षाको सम्भावना, २४ घण्टा सतर्कताको आवश्यकता

पाँचवटा प्रदेशमा भारी वर्षाको सम्भावना, २४ घण्टा सतर्कताको आवश्यकता

नेपालखबर
भदौ २०, २०७७ शनिबार १:३०,

आज (शनिबार) पनि देशका केही स्थानमा हल्कादेखि भारीसम्म वर्षा हुने सम्भावना रहेको मौसमविद्ले जानकारी दिएका छन्।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलका अनुसार अहिले (बिहान) पनि प्रदेश १, ५ र सुदूरपश्चिमका केही स्थानमा वर्षा भइरहेको छ। देशका बाँकी स्थानमा आंशिकदेखि सामान्यसम्म मौसम बदली छ।

यसैगरी आज दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ। प्रदेश १, बागमती र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना छ।

यसैगरी राति पनि देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ। साथै प्रदेश १, गण्डकी प्रदेश, तथा प्रदेश नं ५ का एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकाे मौसम पूर्वानुमान महाशाखाले शनिबार बिहान ६ बजे जारी गरेकाे माैसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ। 

२४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै माशाखाले भनेको छ : प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ तथा सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .