ad ad

समाज


मृत्यु र संक्रमण : विश्वका सबै देशलाई पछि पार्दै भारत, कस्तो छ पछिल्लो अवस्था?

 मृत्यु र संक्रमण : विश्वका सबै देशलाई पछि पार्दै भारत, कस्तो छ पछिल्लो अवस्था?

नेपालखबर
भदौ २०, २०७७ शनिबार १:२८,

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणको कारण विश्वमै सबैभन्दा धेरै मृत्यु भारतमा भएको छ। संक्रमणदर पनि त्यहाँ विश्मै सबैभन्दा उच्च देखिएको छ।

वर्ल्डओमिटरका अनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोना संक्रमणका कारण एक हजार ६६ जनाले ज्यान गुमाएका छन्। यस बीचमा त्यहाँ ८७ हजार एक सय १५ जनामा संक्रमण पुष्टि भएको छ।

संक्रमितको यो संख्या भारतमा एकै दिन पुष्टि भएको अहिलेसम्मकै सबैभन्दा उच्च हो।

पछिल्लो २४ घण्टामा अमेरिकामा नौ सय ८६, ब्राजिलमा आठ सय ५५, मेक्सिकोमा पाँच सय १३, कोलम्बियामा दुई सय ७०, अर्जेन्टिनामा दुई सय ६२, रुसमा एक सय २१, दक्षिण अफ्रिकामा एक सय १५, स्पेनमा एक सय ८४, इरानमा एक सय १८ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन्।

पछिल्लो २४ घण्टामा अमेरिकामा ५३ हजार भन्दा धेरै, ब्राजिलमा ४५ हजार भन्दा धेरै, अर्जेन्टिनामा १० हजार भन्दा धेरै, कोलम्बियामा आठ हजार भन्दा धेरै, रुसमा पाँच हजार भन्दा धेरै, मेक्सिकोमा झण्डै ६ हजारमा संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट विश्वभर पाँच हजार पाँच सय ६३ जनाको मृत्यु भएको छ भने दुई लाख ९० हजार भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ।

अहिलेसम्म विश्वभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या आठ लाख ७८ हजार ८३ पुगेको छ भने संक्रमितको संख्या दुई करोड ६७ लाख ७३ हजार पाँच सय १९ पुगेको छ।

अहिलेसम्म संक्रमितमध्ये एक करोड ८८ लाख ८९ हजार भन्दा धेरै निको भएका छन्।

 

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .