ad ad

समाज


नवलपरासीकी कोरोना संक्रमित महिलाको भैरहवामा मृत्यु

नवलपरासीकी कोरोना संक्रमित महिलाको भैरहवामा मृत्यु

प्रकाश न्यौपाने
भदौ १७, २०७७ बुधबार २:३३,

रुपन्देहीमा एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।

भैरहवास्थित भीम अस्पतालमा उपचाररत रामग्राम नगरपािलका- ५, नवलपरासीकी ६५ बर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको अस्पतालका सूचना अधिकृत डा.नारायण पोखरेलले जानकारी दिए।

मधुमेह र प्रेसरकी बिरामी रहेकी उनको अस्पतालको आईसीयुमा राखेर उपचार गरिएको थियो।

कोरोना संक्रमण पुष्टि भएर स्वास्थ्यमा समस्या आएपछि उनलाई बुटवल धागो कारखानामा रहेको कोरोना विशेष अस्पतालमा लगिएको थियो। तर त्यहाँ आईसीयु उपलब्ध नभएपछि भदौ १५ गतेदेखि भीम अस्पतालको आईसीयुमा राखेर उपचार सुरु गरिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .