ad ad

समाज


अध्ययन भन्छः बच्चाहरुले नाकमा कोरोना भाइरस ३ हप्तासम्म बोक्न सक्छन्

अध्ययन भन्छः बच्चाहरुले नाकमा कोरोना भाइरस ३ हप्तासम्म बोक्न सक्छन्

नेपालखबर
भदौ १३, २०७७ शनिबार ६:४०,

पहिलेका अध्ययनमा बच्चाहरुमा कोरोना संक्रमण भएपनि उनीहरुमा हल्का मात्र लक्षण देखिने अथवा लक्षण नै नदेखिने बताइएको थियो।

साथै बच्चाहरुमा कोरोनाका कारण हुने मृत्युको जोखिम अत्यन्त न्युन भएको बताइएको थियो। नयाँ अध्ययनले भने बच्चाहरुले कोरोना संक्रमण फैल्याउनसक्ने देखाएको छ।

बेलायतस्थित रोयल कलेज अफ पेडियाट्रिस एन्ड चाइल्ड केयरका प्रोफेसर रसेल भाइनरका अनुसार विश्वभर बच्चाहरु सम्बन्धि ३ प्रश्न उठिरहन्छन्।

१. के बच्चामा कोरोना संक्रमण हुन्छ?

२. संक्रमण भए बच्चाहरुमा गम्भीर असर पर्छ?

३. के उनीहरुले भाइरस अरुलाई सार्छन्?

रसेलका अनुसार बच्चाहरुमा कोरोना संक्रमण हुन्छ। तर वयस्कहरुमा भन्दा कमै मात्रामा उनीहरुलाई कोरोना लाग्दछ।

विभिन्न अनुसन्धानलाई आधार मान्दै रसेलले दिएको जानकारी अनुसार वयस्कभन्दा बच्चाहरु कोरोनाका कारण बिरामी पर्ने कम सम्भावना हुन्छ। उनीहरुमा लक्षण कम मात्रामा देखिन्छ अथावा नदेखिन पनिसक्छ।

तेस्रो पश्नको उत्तर चाँही दक्षिण कोरियाको अध्ययनले दिन खोजेको छ। बीबीसीका अनुसार ९१ बालबालिकाहरुमा गरिएको अनुसन्धानमा बच्चाहरुले नाकमा ३ हप्तासम्म कोरोना बोक्ने गरेको पाइएको छ।

कोरोना संक्रमित तर लक्षण भएका र नभएका बच्चाहरुमा अनुसन्धान गरिएको थियो। तीनहप्ता पछि उनीहरुको स्वाब संकलन गर्दा पनि त्यहाँ कोरोना भाइरस देखिएको बताइएको छ।

यसरी बच्चाहरुले लामो समयसम्म पनि कोरोना सार्नसक्ने जनाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .