ad ad

समाज


‘संक्रमणको शंका लागेको ५ दिनपछि गरिने पीसीआर मात्र प्रभावकारी’

‘संक्रमणको शंका लागेको ५ दिनपछि गरिने पीसीआर मात्र प्रभावकारी’

नेपालखबर
भदौ २, २०७७ मंगलबार ११:४८,

कोभिड संक्रमणको शंका लागेको ५ देखि १० दिनका बीचमा गरिने पोलिमेयर चेन रियाक्सन (पीसीआर) परीक्षणले मात्र सही नतिजा दिने स्वास्थ्य क्षेत्रका अधिकारीहरुले जनाएका छन्।

उनीहरुका अनुसार जनसाधारणमा यो सूचना नपुगेकोले पीसीआर परीक्षणमा चाप बढेको हो। यसबाट महामारी नियन्त्रण र न्यूनीकरणमा सहयोग नपुग्ने पनि उनीहरुले बताएका छन्। जोखिमको प्रकृति हेरेर उच्च जोखिममा भएकालाई प्राथमिकताका आधारमा उपयुक्त समयमा परीक्षण गराउनु र संक्रमितको सम्पर्कमा भएकाको निगरानी गर्न सकियो भने महामारीलाई नियन्त्रणमा सफलता पाउन सकिने उनीहरुको भनाइ छ।

सोमबार महानगरले कन्ट्र्याक टे«सिङमा जाने स्वास्थ्यकर्मीका लागि आयोजना गरेको अभिमुखीकरणमा बोल्दै स्वास्थ्य सेवा बिभागका महानिर्देशक डा. दिपेन्द्ररवण सिंहले भने, ‘सूचना व्यवस्थापन यसको अर्को महत्वपूर्ण अंग हो। संक्रमित बिरामीको प्रत्यक्ष सम्पर्कमा रहेका संक्रमणको जोखिममा रहेका व्यक्तिहरुको पहिचान र उहाँहरुसँग सम्वाद गर्दा व्यक्तिलाई विचलित हुनबाट बचावट गर्नुपर्छ।’

सजग हुने तर त्रसित नहुने वातावरण बनाउनुपर्ने उनको भनाइ छ। ‘केस इन्भेष्टिगेसन एण्ड कन्ट्याक्ट आइडन्टिफिकेसन’का लागि महानगरको जनस्वास्थ्य महाशाखाले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको सहयोगमा अभिमुखीकरण आयोजना गरेको हो।

७० जनालाई २ समूह बनाएर सोमबार एक समूहलाई र मंगलबार अर्को समूहलाई अभिमुखीकरणमा सहभागी गराइएको वरिष्ठ कविराज निरीक्षक ज्ञानबहादुर ओलीले जानकारी दिए।

अभिमुखीकरणमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृतहरु रामबहादुर नेपाली र कौशल सुवेदीले कोभिड १९ नियन्त्रण र रोकथामका लागि सरकारले जारी गरेका स्वास्थ्य मापदण्डहरु, ती मापदण्ड पालना गर्ने गराउने क्रममा स्थानीय स्वास्थ्यकर्मीले निर्वाह गर्नुपर्ने भूमिकाका विषयमा प्रस्तुति गरेका थिए।

संक्रमित, शंकास्पद रहेको, सम्भावित व्यक्तिहरुको पहिचान, सम्पर्कमा आएकाको पहिचान, अवस्थाका बारेमा परामर्श, सम्बन्धित अस्पतालसँग समन्वय, नमूना संकलन र द्रुत परीक्षणमा सहजीकरण, संक्रमण भएको, पहिचान, समुदायबाट अलग राखेर उपचार, आइसोलेसन सम्बन्धि स्वास्थ्य मापदण्ड अभिमुखीकरणका मुख्य विषय थिए।

यसैगरी सुपरिवेक्षण तथा अनुगमन, तथ्यांक संकलन, विश्लेषण, प्रतिवेदन र रिपोर्टिङ, सम्बन्धित वडाका जनप्रतिनिधि, प्रहरी, महिला स्वास्थ्य स्वयंसेविकासँग समन्वय गर्ने, तोकिएका फारम भर्ने, फलोअप गर्नेलगायत विषयमा पनि अभिमुखीकरणमा समेटिएका थिए।

ट्रेसिङ स्थानीय सरकारले व्यवस्थापन गर्नुपर्ने काम हो। भाइरसको संक्रमण भएका व्यक्ति नजिक उच्च जोखिममा भएकाहरुलाई बचाउन, संक्रमणको स्रोत र सम्पर्क भएका व्यक्ति पहिचान हुन जरुरी छ। सरकारले जारी गरेको ‘स्टान्डर्ड अपरेसन प्रोसिडोर (एसओपी) केस इन्भेष्टिगेसन एण्ड कन्ट्र्याक ट्रेसिङ फर्म’ले संक्रमण फैलिन नदिन र उच्च जोखिममा भएका व्यक्तिलाई बचाउने कामलाई व्यवस्थापन गरेको छ।

६० वर्षमाथिका मानिसहरु, दीर्घ रोग भएका, गर्भवती संक्रमणको उच्च जोखिममा रहने वर्ग हुन्। हात धुनु र भौतिक दूरी कायम राख्नु संक्रमणबाट बच्ने मुख्य उपाय हुन्। भाइरस संक्रमण फैलिने चक्र भत्काउन कन्ट्याक्ट टे«सिङमा काम गर्नेको ठूलो भूमिका हुन्छ।

कन्ट्याक्ट टे«सिङ गर्ने क्रममा बिरामीसँग लिइने अन्तर्वार्ताको सीप, सम्पर्कका आएका व्यक्तिहरुको जोखिम वर्गीकरण, निगरानी गर्नुपर्ने व्यक्तिहरुको सूची तयार गर्ने कामलाई अभिमुखीकरणमा प्रस्तुति गरिएको थियो। परीक्षण, उपचार र ट्रेसिङ गरी ३ चरणका प्रभावकारी कामबाट कोरोना नियन्त्रण गर्न सकिने र यस काममा स्वास्थ्यकर्मीको ठूलो भूमिका हुने भएकोले आफू बचेर अरुलाई बचाउन सक्छु भन्ने आत्मविश्वास लिएर काम गर्नुपर्नेमा महाशाखाका अधिकारीको जोड थियो।

सरकारले जारी गरेको स्ट्यान्डर्ड अपरेसन प्रोसिडोर (एसओपी) केस इन्भेष्टिगेसन एण्ड कन्ट्र्याक ट्रेसिङ फर्ममा शंका गरिएको, सम्भावना भएको, एकीन भएको, सम्पर्कका कारण उच्च जोखिममा रहेको, पहिचान गर्न परिभाषा दिइएको छ।

केस इन्भेष्टिगेसन टिमको व्यवस्था, टिममा रहने जनशक्तिसम्बन्धी व्यवस्था, फलोअप, सम्पर्क गर्नु व्यक्तिलाई पहिलो दिनदेखि १४ दिनसम्म गरिने निगरानीका क्रियाकलाप, संक्रमण भएको व्यक्ति र यस्ता व्यक्ति सम्पर्क भएका व्यक्तिसँग गरिने अन्तर्वार्ता, यस क्रममा अपनाउनुपर्ने सावधानीलाई निर्देशिकामा राखिएका छन्। त्यस्तै केस रिपोर्टिङका लागि फारमको ढाँचा पनि दिइएको छ।

टे«सिङका लागि ४ प्रकारका फारमहरु भरिनेछन्। त्यसमध्येको पहिलो फारम बिरामीको अवस्थाका विषयमा जानकारी लिन÷राख्न उपचारमा संलग्न चिकित्सकले भर्नेछन्। दोस्रो फारम, बिरामीसँग भेटेर कुराकानी गर्दै बिरामीको सम्पर्कमा आएका व्यक्तिको जोखिम पत्ता लगाउन सूची तयार पार्न भरिने फारम हो।

यो फारम टे«सिङमा जाने व्यक्तिले व्यक्तिगत सुरक्षा उपकरण लगाएर बिरामीसँग भेटेर कुराकानी गर्दै भरिन्छ। तेस्रो फारम बिरामीले सम्पर्क गरेका व्यक्तिहरुको अवस्था थाहा पाउन उनीहरुलाई भेटेर कुराकानी गर्दै भर्ने फारम हो।

यसैगरी चौथो फारम सम्पर्कमा भएका व्यक्तिहरुको निगरानी गर्न भरिने फारम हो। यी कामहरु ९ चरणमा हुनेछन् भने उच्च जोखिम निर्धारण गरेर यस वर्गका मानिसमाथि पहिलो चरणमा निगरानी बढाइनेछ।

महामारी तथा रोग नियन्त्रण कार्यलाई विधिगत रुपमा सञ्चालन गर्न काठमाडौं महानगरले कार्यपालिका बैठकबाट कोभिड—१९ संक्रमित र सम्पर्क व्यक्ति पहिचान अनुसन्धान तथा खोजतलास कार्यदल परिचालन निर्देशिका स्वीकृत गरी कार्यान्वयनमा ल्याएको छ। यही निर्देशिकाका आधारमा जनस्वास्थ्य वा हेल्थ असिस्टेन्टमध्येबाट १ जना, ल्याब टेक्निसियन वा सहायक टेक्निसियनमध्ये १ जना र अहेब वा अनमिमध्येबाट १ जना गरी ३ सदस्य रहेको कन्ट्याक्ट टे«सिङ समूह बनाएर परिचालन गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .