ad ad

समाज


हतियार र सैन्य उपकरण आफै विकास गर्न नेपाली सेनालाई महावीर पुनले दिए यी सुझाव

हतियार र सैन्य उपकरण आफै विकास गर्न नेपाली सेनालाई महावीर पुनले दिए यी सुझाव

नेपालखबर
साउन २९, २०७७ बिहिबार १०:२०,

राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले नेपाली सेनालाई हतियार, सैन्य औजार, उपकरण, स्वाचालित रोबोट आदि आफै विकास गर्न सुझाव दिएका छन्।

उनले राष्ट्रिय सेनालाई सुरक्षाको दृष्टिकोणले अति संवेदनशील कुराहरुमा अनुसन्धान तथा विकासमा बढि ध्यान दिन पनि आग्रह समेत गरेका छन्।

नेपाली सैनिक वार कलेज, नगरकोटमा सेनाका वरिष्ठ अधिकृतहरुसँग नेपालमा अनुसन्धान तथा विकासको आबश्यकताबारे अन्तरक्रिया गर्ने क्रममा उनले सो सुझाव दिएका हुन्।

MahabirPun Army 1

नेपाली सेनाले अनुसन्धान गरेर सेनाकै प्रयोगको लागि चाहिने सम्भब भएसम्मका बिभिन्न किसिमका मिलिटरी सामानहरुको विकास गर्नको लागी र ती सामान उत्पादन गर्नको लागि एउटा नेपाली सैनिक अनुसन्धान केन्द्र खोल्न पनि आफूले सुझाव दिएको पुनले सामाजिक सञ्जालमा जानकारी दिएका छन्।

‘त्यस काममा नेपाली ईन्जिनियरहरु नै प्रयोग गर्‍याे भने प्रतिभाशाली सन्ततिहरुको लागी पनि सुवर्ण अवसर प्राप्त हुने थियो, सो केन्द्रमा सम्भब भए सम्मका मिलिटरी औजार तथा उपकरणहरु, स्वचालित रोबोटहरु र हतियार तथा सुरक्षाको दृष्टिकोणले अति संबेदनशील कुराहरुमा अनुसन्धान तथा विकास गरे हुन्छ,’ उनले भनेका छन्।

अर्काे बिकल्पका रुपमा उनले सेनाले २० देखि २५ करोड रुपैयाँसम्म खर्च गरेर हाल सेनाकै मातहतमा रहेको सुन्दरीजल आर्सनल र सेनाको मर्मतसम्भार केन्द्रमा बिभिन्न किसिमको आधुनिक सीएनसी, लेजरसहित मेकानिकल र ईलेक्ट्रोनिकका उपकरणहरु किनेर अनुसन्धान तथा विकासको काम गर्न सकिने बताएका छन्।

MahabirPun Army 2

‘किनभने सेनाको लागी २० देखि २५ करोड रुपैयाँ ठूलो कुरो होइन, ती औजार प्रयोग गरेर सेनाको बिग्रेका हातहतियारहरु र अन्य मेसिनरी सामानको सानातिना पार्टपुर्जाहरु बनाएर मर्मत सम्भार गरेहुन्छ,’ उनले भनेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .