लकडाउन खुलेसँगै मिस नेपालसमेत रहेकी सृष्टिले पनि म्युजिक भिडियोको मोडलिङमा आफूलाई व्यस्त बनाउन थालेकी छिन्।
सृष्टिले अभिनय गरेको ‘साँझ’ बोलको म्युजिक भिडियो बिहीबार सार्वजनिक भएको छ। भिडियोमा उनले निराजन प्रधानसँग स्क्रिन सेयर गरेकी छिन्।
रोमान्टिक फ्लेवरको यो गीतमा दिनेश शंकरले शब्द, संगीत र स्वर भरेका छन् भने भिडियोलाई विवेक रसाइलीले निर्देशन गरेका हुन्।
गीतको भिडियोमा सानो असमझदारीका कारण छुटिन लागेको जोडीलाई मायाले नै फर्काएको कथा पेश गरिएको छ। उज्वल जोशीको कलर, सम्पादन र छायांकन रहेको गीतलाई नोभिया शंकरले निर्माण गरेकी हुन्।
हेरौँ भिडियो
प्रतिक्रिया