ad ad

समाज


इसाई धर्म लिए कोरोना लाग्दैन भन्ने पादरीलाई ३ महिना जेल

इसाई धर्म लिए कोरोना लाग्दैन भन्ने पादरीलाई ३ महिना जेल

नेपालखबर
साउन २२, २०७७ बिहिबार १७:७,

म्यान्मारमा कोरोना भाइरससम्बन्धी नियम तोडेको अभियोगमा एक पादरीलाई तीन महिना कैद सजाय सुनाइएको छ।

डेभिड ला नाम गरेका क्यानेडियन पादरीलाई इसाई धर्म लिने मानिसलाई कोरोनाले केही गर्न सक्दैन भन्दै भ्रम फैलाएको कसुरमा अदालतले सजाय ताेकेकाे हाे। उनी आफैं भने कोरोना संक्रमित हुन्।

बिहीबार म्यान्मारको एक अदालतले उनलाई कोरोनाविरुद्ध लागू नियम उल्लंघन गरेकाे कसुरमा उनलाई ३ महिना कैद सजाय सुनाएको हो।

ती पादरीले यन्गुनमा आयोजित इसाई धर्मावलम्बीको ठूलो सभामा सम्बोधन गरेका थिए। ४३ वर्षीय उनको जन्म म्यान्मारमै भएको हो। तर उनी क्यानडा गएका थिए।

उनले गत अप्रिलमा उक्त धार्मिक सभा आयोजना गरेको थिए, जतिबेला म्यान्मार सरकारले भिड गर्न पूरै प्रतिबन्ध लगाएको थियो। साेही सभाका कारण उनलाई र उनका २० समर्थकलाई कोरोना संक्रमण भएको थियाे। 

उनले आफ्नो भाषणमा भनेका थिए, ‘यदि तपाईंको हृदयमा यशु ख्रिस्टले बास गर्नुहुन्छ भने तपाईंलाई कहिले कोरोना लाग्दैन।’ उनको यो भाषण सामाजिक सञ्जालमा निकै भाइरल भएको थियो।

जन्स हप्किन्स विश्वविद्यालयका अनुसार म्यान्मारामा अहिलेसम्म ३५७ जनालाई कोरोना संक्रमण भएको पुष्टि भएको छ। तीमध्ये ६ जनाको मृत्यु भएको छ। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .