अमेरिकाका वरिष्ठ कोरोना विशेषज्ञ एवं ह्वाइट हाउसका कोरोना भाइरस टास्क फोर्सका सदस्इ डाक्टर एन्थोनी फाउचीले आफूलाई ज्यान मार्ने धम्की आएको बताएका छन्। साथै आफ्नी छोरीलाई पनि दुःख दिइरहेको दाबी गरेका छन्।
उनले अमेरिकामा कोरोना नियन्त्रणका लागि के काम भइरहेका छन् भन्ने कुरा सार्वजनिक गरिरहेका छन्।
उनले सीएनएसँग कुरा गर्दै भने, ‘मलाई र मेरो परिवारलाई मार्ने धम्की आएको छ। मेरी छोरीलाई यति धेरै दुःख दिएको छ कि व्यक्तिगत सुरक्षाका लागि सुरक्षाकर्मी राख्नुपर्ने अवस्था आएको छ। यो आफैंमा आश्चर्यजनक छ।’
डा.फाउचीले आफूसँग असहमत व्यक्तिबाट त्यस्तो धम्की आएको दाबी गरेका छन्। आफूले जनहितका लागि स्वास्थ्यको कुरा गर्दा पनि यो हदसम्म धम्की आएको भन्दै उनले चिन्ता व्यक्त गरेका छन्।
कोरोना महारीका विषयमा डा. फाउची र राष्ट्रपति डोनाल्ड ट्रम्पबीच असहमति र भनाभन भइरहेको छ। बीबीसी
Shares
प्रतिक्रिया