ad ad

समाज


प्रादेशिक प्रशिक्षण प्रतिष्ठान बनाउँदै प्रदेश ५ सरकार

प्रादेशिक प्रशिक्षण प्रतिष्ठान बनाउँदै प्रदेश ५ सरकार

प्रकाश न्यौपाने
साउन २२, २०७७ बिहिबार १२:३७,

प्रदेश ५ सरकारले प्रादेशिक प्रशिक्षण प्रतिष्ठान बनाउने भएको छ।

प्रदेश सरकारले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले प्रस्ताव गरेको प्रादेशिक प्रतिष्ठान (गठन तथा कार्य सञ्चालन) आदेश–२०७७ स्वीकृत गरेको सरकारका प्रवक्ता समेत रहेका भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले जानकारी दिए।

गठन आदेश बिहीबार बसेको मन्त्रिपरिषद बैठकले स्वीकृत गरेको हो। प्रतिष्ठान आदेशले स्थानीय तहका पदाधिकारीहरूलाई प्रशिक्षण दिने व्यवस्था गरेको छ। प्रशिक्षण प्रतिष्ठान गठनपछि स्थानीय तहका पदाधिकारी तथा कर्मचारी कामप्रति थप जिम्मेवार हुने विश्वास गरिएको छ। प्रतिष्ठानको अध्यक्षमा मुख्यमन्त्री रहने व्यवस्था छ।

त्यस्तै सरकारले वितरण गर्ने पदक सिफारिस समितिमा सदस्य मनोनित गरिएको छ। समितिको सदस्यमा देवराज भार (बाँके), चन्द्रबहादुर बुढा (रोल्पा) र नारायणी शर्मा पाल्पालाई मनोनित गरिएको हो।

प्रदेश नम्बर पाँच पदक ऐन २०७६ लाई शंसोधन गर्न बनेको विधयेक प्रदेश सभामा पेश गर्न स्वीकृत प्रदान गरिएको छ। शंसोधनमा पुथा श्री शिखर पदक भन्ने शंसोधन गरेर पुथा श्री पदक बनाइएको छ। पदक क, ख र ग गरी दिन प्रकारको रहेकोमा संशोधन ऐनले प्रथम, द्धितीय र तृतीय बनाइएको छ।

समितिको अध्यक्ष आन्तरिक मामिला तथा कानूनमन्त्री रहने व्यवस्था छ। बैठकले प्रदेश सेवामा कार्यरत कर्मचारीको व्यवस्थापन सम्बन्धी कार्यविधि पनि स्वीकृत भएको छ। प्रदेश स्वास्थ्य तालिम सञ्चालन तथा व्यवस्थापन कार्यविधि पनि स्वीकृत गरिएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .