चिलीमा कुकुरलाई पसिना सुँघेर कोरोना संक्रमित व्यक्ति पत्ता लगाउने तालिम दिन सुरु गरिएको छ।
चिलीका प्रहरी अधिकारीले स्निफर जातका कुकुरलाई त्यस्तो तालिम दिन सुरु गरेका हुन्। यसअघि यस्तो तालिम बेलायतमा पनि सञ्चालन गरिएको थियो, जसको नतिजा प्रभावकारी देखिएको थियोा।
समाचार एजेन्सी रोयटर्सका अनुसार सुरुको तालिममा चारवटा स्निफर जातका कुकुर छानिएको छ भने त्यसमा लेब्राडोर र गोल्डे रिट्रिवर जातका कुकुरलाई पनि समावेश गराइएको छ।
चिलीको राजधानी सेन्टियागोमा ती कुकुरका लागि विशेष प्रशिक्षण सञ्चालन भइरहेको छ।
स्निफर कुकुर विस्फोटक पदार्थ, संदिग्ध व्यक्ति पहिचानका लागि प्रयोग गरिन्छ तर पछिल्लो समय मलेरिया, क्यान्सर तथा पार्किन्सन्सजस्ता रोग पत्ता लगाउन पनि यसलाई परिचालन गर्न थालिएको छ। बीबीसी
6
Shares
प्रतिक्रिया