ad ad

समाज


कोरोना महामारी नियन्त्रण गर्न सफल मानिएकाे भियतनाममा पनि सुरु भयो मृत्यु

कोरोना महामारी नियन्त्रण गर्न सफल मानिएकाे भियतनाममा पनि सुरु भयो मृत्यु

नेपालखबर
साउन १७, २०७७ शनिबार ४:१२,

कोरोना महामारी फैलिएयता भियतनाममा पहिलोपटक मृत्यु भएको छ।

त्यहाँको सरकारी सञ्चारमाध्यमका अनुसार सेन्ट्रल सिटी होइएनमा ७० वर्षका संक्रमितको शुक्रबार मृत्यु भएको हो।
योसँगै भियतनाममा कोरोनाबाट मृत्यु नभएको अवस्था अन्त्य भएकाे छ।

उनको मृत्यु भएको केही घण्टामै कोरोना संक्रमणबाट अर्का ६१ वर्षीय व्यक्तिको पनि मृत्यु भएको भियतानामी सरकारी सञ्चार माध्यमले जनाएको छ। दुवै जनाको अवस्था पहिलेदेखि गम्भीर रहेको बताइएको छ।

पछिल्लो तीन महिनायता भियतनाममा स्थानीय स्तरमा कोरोना संक्रमण देखिएको थिएन। तर यस हप्ताको सुरुवातमा दानाङ रिसोर्ट नजिक कोरोना संक्रमण फैलिइरहेको छ। जुलाई २५ देखि अहिलेसम्म उक्त क्षेत्रमा ९३ जनामा कोरोना संक्रमण देखिएको छ।

९ करोड ५० लाख जनसंख्या रहेको भियतनाममा अहिलेसम्म जम्मा ५४६ जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको छ।

भियतनाममा यसरी कोरोना संक्रमण नियन्त्रण हुनाका कारण त्यहाँ संक्रमण देखिनुअघि नै देशका सबै सीमा बन्द गरिएको थियो। आफ्ना देशका नागरिकलाई मात्र स्वदेश फर्किन दिइएको थियो। तर उनीहरूलाई पनि १४ दिन क्वारेन्टिनमा बस्न अनिवार्य गराइएको थियो। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .