ad ad

समाज


जलेश्वरमा पनि पाँच दिनका लागि निषेधाज्ञा

जलेश्वरमा पनि पाँच दिनका लागि निषेधाज्ञा

नेपालखबर
साउन १७, २०७७ शनिबार ४:३६,

समुदायमा कारोना भाइरसको महामारी फैलिन थालेपछि महोत्तरी सदरमुकाम जलेश्वरमा गए रातिदेखि पाँच दिनको लागि निषेधाज्ञा जारी गरिएको छ।

जिल्ला दैवी प्रकोप समितिले सूचना प्रकाशित गरी गए राति ११ बजेदेखि लागू हुने गरी पाँच दिनका लागि जलेश्वरमा निषेधाज्ञा जारी गरिएको जानकारी दिएको हो।

प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालद्वारा हस्ताक्षरित सूचनामा जलेश्वरको पूर्वमा भार्गवसर मन्दिर, पश्चिममा रामनन्दन विशेश्वर महेन्द्र क्याम्पस, उत्तरमा रणभीम गण र दक्षिणमा रातोपुल यति चारकिलाको क्षेत्रमा पाँचदिनसम्मको लागि निषेधाज्ञा जारी गरिएको जनाइएको छ।

त्यसैगरी जिल्लाको महोत्तरी गाउँपालिका ३ र ५ नम्बर वडामा पनि पाँच दिनको लागि निषेधाज्ञा जारी गरिएको छ।

एक साताअघि महोत्तरी गाउँपालिका–३ बस्ने एक ६४ वर्षीय पुरुषको कोरोना संक्रमणको कारण मृत्यु भएपछि उनको शव व्यवस्थापनमा खटिएका तथा आइसोलेसन व्यवस्थापनमा खटिएका १० जना नेपाली सेना, जलेश्वरको एक सामुदायिक विद्यालयका प्रधानाध्यापक, जलेश्वर नगरपालिकाका कर्मचारी र मृतकका परिवारजनमा पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ।

समुदायस्तरमै संक्रमण पुष्टि भएपछि जलेश्वर नगरपालिका र महोत्तरी गाउँपालिकामा गए रातिदेखि निषेधाज्ञा जारी गरिएको हो।

याे पनि आजदेखि विराटनगर दुई साता लकडाउन

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .