ad ad

समाज


स्वयंभुमा बस पल्टिँदा चालकको मृत्यु

स्वयंभुमा बस पल्टिँदा चालकको मृत्यु

नेपालखबर
साउन १६, २०७७ शुक्रबार २:४५,

काठमाडौंको स्वयंभुमा गए राति बस दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

काठमाडौं उपत्यकाको रिङरोडमा चल्ने संयुक्त यातायातको बा ४ ख ५९८४ नम्बरको बस ठूलोभर्‍याङ र हलचोक बीचको सडकमा पल्टिँदा चालकको मृत्यु भएको महानगरीय प्रहरी वृत्त स्वयंभुका डिएसपी निरजन दत्त भट्टले जानकारी दिए।

मृतकको सनाखत हुन सकेको छैन। ‘राति करिब १ बजेको घटना हो। बस पल्टिँदा अन्दाजी २३ वर्षीय युवकको घटनास्थलमै मृत्यु भएको छ। उनले बस चलाएकाे देखिन्छ। तर उनको सनाखत हुन सकेको छैन,’ डिएसपी भट्टले नेपालखबरसँग भने।

पार्किङको लागि नयाँ बसपार्कतिर लैजाँदै गर्दा बस दुर्घटना भएको अनुमान प्रहरीले गरेको छ। गाडीमा चालक एक्लै भएकाले दुर्घटनामा अन्य कोही घाइते भएका छैनन्।

‘मृतक बसका चालक हुन् कि सहचालक हुन्, हामी अनुसन्धान गर्दै छौँ,’ डिएसपी भट्टले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .