ad ad

समाज


कोरोना संक्रमणबाट वीरगञ्जमा थप २ जनाको मृत्यु, ५ जनाको आइसियुमा उपचार हुँदै

कोरोना संक्रमणबाट वीरगञ्जमा थप २ जनाको मृत्यु, ५ जनाको आइसियुमा उपचार हुँदै

नेपालखबर
साउन १६, २०७७ शुक्रबार १:४७,

कोरोना भाइरस (कोभिड-१९) संक्रमणको कारण पर्सामा थप दुई जनाको मृत्यु भएको छ।

बिहीबार साँझ वीरगञ्जका ३५ र ६५ बर्षीय दुई पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरीटेन्डेन्ड डा.मदन उपाध्यायले जानकारी दिए।

मृत्यु हुनेमा वीरगञ्ज उपमहानगरपालिका १६ नगवाका ३५ वर्षीय युवा र वीरगञ्ज २ छपकैयाका ६५ वर्षीय वृद्ध छन्।

‘उनीहरु दुबैको मृत्यु पिसिआर परीक्षणको रिपोर्ट आउनु अघि नै भएको हो,’ उपाध्यायले शुक्रबार बिहान नेपालखबरसँग भने, ‘३५ वर्षीय युवाको गण्डक कोरोना अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। छपकैयाका वृद्धको भने घरमै मृत्यु भएको रहेछ। मृत्युपछि स्वाब परीक्षण गर्दा उनमा पनि कोरोना पोजेटिभ देखिएको छ।’

योसँगै पर्सामा मात्रै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या नौ पुगेको छ।

ज्वरो आउने र श्वासप्रस्वासमा गम्भीर समस्या भएका ३५ वर्षीय युवा विभिन्न अस्पताल हुँदै १३ साउनमा गण्डक कोभिड अस्पतालमा भर्ना भएका थिए। उनलाई ५ साउनदेखि ज्वरो आउन थालेको आफन्तले बताएका छन्।

उनको बिहीबार साँझ पौने आठ बजे आइसियुमा उपचारकै क्रममा मृत्यु भएको उपाध्यायले जानकारी दिए। मृत्युपछि उनको रिपोर्ट आएको थियो। ‘रिपोर्टमा कोरोना पोजेटिभ देखिएको छ,’ उपाध्यायले भने।

६५ वर्षीय बृद्धको भने आफ्नै घरमा निधन भएको हो। घरमा एक्लै बस्दै आएकाले उनको उपचार हुन नसकेको कारणले मृत्यु भएको हुन सक्ने डा. उपाध्यायको भनाई छ।

‘बृद्धको घरमै मृत्यु भएको जानकारी पाएपछि नारायणी अस्पतालको टोलीले गएर बिहीबार दिउँसो स्वाब संकलन गरेको थियो,’ उपाध्यायले भने, ‘बेलुका पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आयो।’

वीरगञ्जस्थित गण्डक कोभिड अस्पतालमा अहिले ६१ जना कोरोना संक्रमितको उपचार भइरहेको छ। उपचारको क्रममा रहेकामध्ये ६० प्रतिशत बिरामीमा कोरोनाको लक्षण देखिएको डा.उपाध्यायले जानकारी दिए।

‘संक्रमितमध्ये पाँच जनाको अवस्था गम्भीर छ, उनीहरुको आइसियुमा उपचार भइरहेको छ,’ उनले भने।

यसअघिका संक्रमितमा लक्षण नदेखिएपनि साउन लागेपछि भर्ना भएका बिरामीमा लक्षण देखिन थालेको उपाध्यायले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .