ad ad

समाज


काठमाडौंमा देखियो बिहानै घाम, वर्षाकाे सम्भावना कस्ताे छ?

काठमाडौंमा देखियो बिहानै घाम, वर्षाकाे सम्भावना कस्ताे छ?

नेपालखबर
साउन १६, २०७७ शुक्रबार १:३१,

आज (शुक्रबार) पनि देशका धेरै स्थानमा हल्कादेखि मध्यसम्म वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार आज दिउँसो प्रदेश १, बागमती प्रदेश ,गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ।

अहिले बिहान काठमाडौं उपत्यकामा घाम देखिएको भए पनि उत्तरी भागबाट भर्खरै वर्षा सुरु भएको उनले जानकारी दिइन्।

‘यो घाम केही बेरपछि हराउने सम्भावना छ, आज माैसम कहिले घाम कहिले पानी हुने देखिन्छ,’ मौसमविद् मानन्धरले नेपालखबरसँग शुक्रबार बिहान ७ बजेतिर भनिन्, ‘उपत्यकाकाे उत्तरी भागबाट वर्षा सुरु भइसकेकाे छ।’

यस्तै राति पनि देशका धेरै स्थानमा वर्षा हुने सम्भावना रहेको मौमस पूर्वानुमान महाशाखाले बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ।

उनका अनुसार आगामी तीन दिनसम्म देशभर हल्कादेखि मध्यमसम्म तथा केही स्थानमा भारी वर्षाको समेत सम्भावना देखिएको छ।

‘वर्षा केही बेर रोकिने, घाम लाग्ने र फेरि पर्ने,’ उनले भनिन्, ‘तीन दिनसम्म मौसम यस्तै रहने सम्भावना देखिएको छ।’

बुलेटिनअनुसार राति प्रदेश १ ,बागमती प्रदेश ,गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश, प्रदेश ५ का एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ।

आगामी २४ घण्टा (शुक्रबार बिहान ६ बजेदेखि शनिबार बिहान ६ बजेसम्म) का लागि चेतावनी तथा परामर्श जारी गर्दै महाशाखाले भनेको छ : 

‘देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने प्रदेश १, बागमती प्रदेश ,गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश, प्रदेश ५ का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ। ती स्थानका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढलपानीको राम्रो निकास नभएका ठाउँमा डुबानसमेत हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।’

मौसमविद् मानन्धरका अनुसार मनसुनको न्यून चापीय रेखा अहिले नेपालको पूर्वी तराईकाे नजिक छ भने यसकाे पश्चिमतर्फकाे भाग नेपालबाट केही टाढा दक्षिणतर्फ सरेकाे छ।

यसैकारण तुलनात्मक रूपमा पश्चिमतिर भन्दा पूर्वतर्फ वर्षा अलि बढी हुने सम्भावना छ।

‘तर त्यसो भनेर पश्चिमतिर पानी नै पर्दैन भन्ने होइन,’ उनले भनिन्, ‘मनसुनको बेला हो, वर्षाको सम्भावना त देशभर नै हुन्छ, तर पनि पूर्वमा केही बढी हुने सम्भावना छ।’

उनका अनुसार आगामी तीन दिनसम्म देशभर हल्कादेखि मध्यमसम्म तथा केही स्थानमा भारी वर्षाको समेत सम्भावना देखिएको छ।

‘वर्षा केही बेर रोकिने, घाम लाग्ने र फेरि पर्ने,’ उनले भनिन्, ‘तीन दिनसम्म मौसम यस्तै रहने सम्भावना देखिएको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .