ad ad

समाज


मनाङ र मुस्ताङका आइसोलेसन-क्वारेन्टिन खाली, गोरखामा तीन संक्रमित थपिए

मनाङ र मुस्ताङका आइसोलेसन-क्वारेन्टिन खाली, गोरखामा तीन संक्रमित थपिए

वाशुदेव मिश्र
साउन ५, २०७७ सोमबार ११:३३,

गण्डकी प्रदेशको गोरखामा थप ३ जनामा कोरोना संक्रमण देखिएको छ। उनीहरु क्रमशः गोरखाको भीमसेन थापा गाउँपालिका, लखन थापा गाउँपालिका र पालुङटार नगरपालिकाका रहेको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ।

यसअघि सोमबार नै पोखरा महानगरपालिकाका २ महिलासहित ८जना, लमजुङको सुन्दरबजार नगरपालिकाका १, तनहुँ शुक्लागण्डकी र भानुका गरि २ तथा स्याङ्जा गल्याङका १ जनामा संक्रमण देखिएको थियो। 

गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानका अनुसार गण्डकीका विभिन्न जिल्लामा गरि हाल १ हजार ८०९ जना क्वारेन्टिनमा र ३१२ जना आइसोलेसनमा छन्।

गण्डकीका ११ जिल्लामध्ये हिमालपारीको जिल्ला मनाङ र मुस्ताङमा क्वारेन्टिन र आइसोलेसन खाली छन्। बाँकी ९ जिल्लामध्ये लमजुङमा ४९, म्याग्दीमा २०, कास्कीमा १९, पर्वतमा ५, गोरखामा ८, तनहुँमा ३६, स्याङ्जामा ९, बागलुङमा २१, नवपरासीका १४१ जना आइसोलेनमा रहेका छन्। यो अवधिमा १ हजार १८ जना संक्रमणलाई जितेर घर फर्केका छन्। कोरोना जित्नेमध्ये १३५ जना महिला छन्। कोरोना संक्रमणबाट ४ जनाले ज्यान गुमाएका छन्।

गण्डकी प्रदेशमा हाल क्वारेन्टिनमा रहनेको संख्या भने १ हजार ८२४ रहेको छ। लमजुङमा १२ महिलासहित १५०, म्याग्दीमा ४ महिलासहित १४३, कास्कीमा २४ महिलासहित २९७, पर्वतमा १२ महिलासहित १ सय जना क्वारेन्टिनमा रहेको गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ।

यसैगरि, गोरखामा २५ महिलासहित २१०, तनहुँमा ११ महिलासहित २१६, स्याङ्जामा १२ महिलासहित १६३ जना, बागलुङमा १४ महिलासहित १९४ जना र नवपरासी पूर्वमा ३७ महिलासहित ३२५ जना क्वारेन्टिनमा रहेका छन्। गण्डकीमा १३९७ वटा आइसोलेसन बेड रहेका छन्।

कास्कीमा २४, लमजुङमा ३३, गोरखामा ३८, तनहुँमा ५९, नवलपरासीमा १६०, स्याङ्जामा ६०, बागलुङमा ४९, म्याग्दीमा ७ र पर्वतमा २२ जना आइसोलेसनमा रहेको गण्डकी स्वास्थ्य निर्देशनालयले आइतबार साँझ सार्वजनिक गरेको बुलेटिनमा जनाइएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .