ad ad

समाज


जिल्ला अस्पतालले बाढी-पहिराका घाइतेको निःशुल्क उपचार गर्ने

जिल्ला अस्पतालले बाढी-पहिराका घाइतेको निःशुल्क उपचार गर्ने

नेपालखबर
साउन ४, २०७७ आइतबार ११:४८,

जिल्ला अस्पताल सङ्खुवासभाले बाढीपहिराका घाइतेलाई निःशुल्क उपचार गर्ने भएको छ। अस्पतालले विज्ञप्ति जारी गर्दै घाइते तथा बिरामीको उपचार निःशुल्क गर्ने जानकारी गराएको हो।

अस्पतालले सामाजिक दायित्व पूरा गर्दै निःशुल्क उपचार गर्ने निमित्त मेडिकल सुपरिटेण्डेन्ड डा. सुन्दरश्याम झाले बताए। यसअघिदेखि नै लक्षित वर्गको उपचार निःशुल्क हुँदै आएको समेत डा. झाले जानकारी दिए।

घाइतेको उपचारका लागि प्रदेश सरकारबाट प्रतिव्यक्ति रु पाँच हजार अस्पताललाई प्राप्त हुने व्यवस्था रहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यले जानकारी दिए। बिरामी उपचार भई डिस्चार्ज भएर घर जाँदासमेत यातायात खर्च रु एक हजार दिने व्यवस्था रहेको अध्यक्ष शाक्यले बताए। उक्त रकम प्रदेश सरकारले नदिए पनि अस्पताल आफैँले उक्त सेवा दिनेसमेत अध्यक्ष शाक्यले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .