हङकङमा हालसम्मकै बढी संक्रमित थपिएपछि क्यारी लामले भनिन्ः प्रकोप तत्काल नियन्त्रणमा आउँदैन

हङकङमा हालसम्मकै बढी संक्रमित थपिएपछि क्यारी लामले भनिन्ः प्रकोप तत्काल नियन्त्रणमा आउँदैन

नेपालखबर
साउन ४, २०७७ आइतबार ११:३७,

यहाँ गएको २४ घण्टामा एक सयभन्दा बढी नयाँ कोरोना भाइरस ‘कोभिड–१९’ संक्रमित थपिएका हुन्।

एससीएमपीका अनुसार एक सय ८ नयाँ कोरोना संक्रमितमध्ये ८३ जना स्थानीय संक्रमित हुन् भने २५ आयातित हुन्।

एकैदिनमा सयभन्दा बढी कोरोना संक्रमित थपिएसँगै हङकङको सार्वजनिक स्थानमा मास्क अनिवार्य गरिएको छ।

साथै यहाँका १ लाख ८० हजार सरकारी कर्मचारीलाई आगामी हप्तादेखि घरैबाट काम गर्न भनिएको छ।

आइतबार हालसम्मकै बढी संक्रमित थपिएपछि हङकङकी कार्यकारी प्रमुख क्यारी लामले शहरको अवस्था गम्भीर भएको बताउँदै तत्काल प्रकोप नियन्त्रणमा आउने संकेत नदेखिएको उल्लेख गरिन्।

उनले कोरोनाविरुद्धको उपाय अबलम्ब गर्न नागरिकलाई आह्वान गर्दै अबदेखि हङकङमा दैनिक १० हजार जनामा कोरोना परीक्षण हुने बताइन्।

शनिबार मात्र हङकङमा ६४ संक्रमित थपिएका थिए। हालसम्म हङकङमा १८ सयभन्दा बढीमा कोरोना देखिएको छ। संक्रमितमध्ये १२ को मृत्यु हुँदा १२ सयभन्दा बढी उपचारपछि स्वस्थ बनेका छन्।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .