ad ad

समाज


कोरोनाविरुद्धको पहिलो खोपमा अमेरिकालाई ठूलो सफलता, मानवमा गरिएको परीक्षण सकारात्मक

कोरोनाविरुद्धको पहिलो खोपमा अमेरिकालाई ठूलो सफलता, मानवमा गरिएको परीक्षण सकारात्मक

नेपालखबर
असार ३१, २०७७ बुधबार ७:३३,

यसबीचमा अमेरिकाले बनाएको खोपले सुरुवाती परीक्षणहरुमा सकारात्मक नतिजा दिएको छ। विज्ञहरुले अमेरिकाले कोरोनाविरुद्धको खोपमा ठूलो सफलता हात पारेको बताइरहेका छन्।

अमेरिकी सरकारका स्वास्थ्य सल्लाहकार तथा सरुवा रोगका विज्ञ एन्थोनी फाउचीले पनि अमेरिकी खोपले दिएका सकारात्मक नतिजालाई राम्रो खबर भनेका छन्।

अमेरिकी बायोटेक कम्पनी मोडेर्नाले बनाएको खोप मानिसमा प्रभावकारी देखिएको बताइएको हो। यसै कम्पनीले अमेरिकामा पहिलोपटक कोरोनाविरुद्धको खोप मानवमा परीक्षण गरेको थियो।

४५ जना व्यक्तिमा गरिएको परीक्षणको नतिजा सार्वजनिक गरिएको थियो। वैज्ञानिकहरुले अपेक्षा गरे अनुसार नै यस खोपले काम गरेको बताइएको छ।

खोप परीक्षण गरिएका स्वयंसेवकहरुमा न्युट्रालाइजिङ एन्टिबडी विकास भएको थियो। यसले शरीरमा कोरोना भाइरसको संक्रमण रोक्न महत्वपूर्ण भूमिका खेल्ने बताइएको छ।

न्यु इंगल्यान्ड जर्नल अफ मेडिसिनका अनुसार परीक्षणपछि स्वयंसेवकको रगत परीक्षण गर्दा कोभिड–१९ संक्रमणपछि स्वस्थ भएका मानिसमा पाइने जति नै एन्टिबडी उनीहरुको शरीरमा पनि पाइएको थियो।

अब २७ जुलाईदेखि यस खोपको सबैभन्दा महत्वपूर्ण परीक्षण सुरुवात हुनेछ। ३० हजार मानिसमा खोप परीक्षण गरिनेछ त्यसपछि यो कोरोनाविरुद्ध उपयुक्त खोप हो किन होइन भनेर निर्धारण गरिनेछ। न्युयोर्क टाइम्स

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .