ad ad

राजनीति


विप्लवका सेती-महाकाली ब्युरो ईन्चार्ज पेस्तोलसहित पक्राउ

विप्लवका सेती-महाकाली ब्युरो ईन्चार्ज पेस्तोलसहित पक्राउ

नेपालखबर
असार ३१, २०७७ बुधबार ७:४०,

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा सेती-महाकाली ब्युरो ईन्चार्जसहित दुई जना पक्राउ परेका छन्।

नेकपाका केन्द्रीय सदस्य तथा सेती महाकाली ब्युरो ईन्चार्ज निर्वाण भन्ने ओमप्रकाश पुन र अखिल नेपाल महिला संगठन (क्रान्तिकारी) सेती महाकाली व्युरो ईन्चार्ज पुर्णीमा भन्ने गौरा धामी पक्राउ परेका हुन्।

उनीहरुलाई बुधबार बिहान कैलालीबाट पक्राउ गरेका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख (एसपी) अनुपम शमसेर जवराले बताए।

४४ वर्षीय निर्वाण दाङको तुल्सिपुर महानगरपालिका ९ का र २७ वर्षीया गौरा डडेल्धुरा पर्शुराम नगरपालीका ७ कि हुन्।

उनीहरु प्रदेश २–०३–००५ प ९५९७ नम्बरको मोटर साईकलमा कैलालीको धनगढी उपमहानगरपालीका ७ वेली स्थित सडक खण्डबाट पक्राउ परेका हुन्।

उनीहरुलाई नियन्त्रणमा लिई चेक जाँच गर्दा ओमप्रकाश पुनले बोकेको झोला एक थान कटुवा पेस्तोल र एक राउन्ड १ गोलीसमेत फेला परेको एसपी जबराले बताए।

उनीहरुमाथि थप अनुसन्धान भइरहेको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .