ad ad

अटो


महिन्द्राले १९ विद्युतीय गाडी पुरानै मूल्यमा हस्तान्तरण गर्‍यो

महिन्द्राले १९ विद्युतीय गाडी पुरानै मूल्यमा हस्तान्तरण गर्‍यो

नेपालखबर
असार ३१, २०७७ बुधबार ८:०,

सरकारले कर बढाए पनि महिन्द्राले विद्युतीय गाडी पुरानै मूल्यमा बिक्री गरेको छ। अग्नि ग्रुपअन्तर्गतको अग्नि इनर्जीले मंगलबार र बुधबार गरी १९ गाडी पुरानै मूल्यमा हस्तान्तरण गरेको हो।

महिन्द्राले बजेटअघि नेपाल भित्र्याएका विद्युतीय इटुओ बुकिङ गरेका ग्राहकलाई हस्तान्तरण गरेको कम्पनीका महाप्रबन्धक प्रमोद भण्डारीले नेपालखबरलाई जानकारी दिए।

‘बजेटअघि नै बुकिङ भएका गाडी हस्तान्तरण भएका हुन्’, भण्डारीले भने, ‘मंगरबार १४ र बुधबार ५ गरी १९ इटुओ गाडी पुरानै मूल्यमा हस्तान्तरण गरेका छौँ।’

उनले २२ लाख ६५ हजार पर्ने गाडी बजेटमा कर बढाएपछि ३३ लाख हाराहारीमा पर्ने भए पनि पुरानै मूल्यमा हस्तान्तरण गरेको बताए।

mahindra ev sold 67

सरकारले बजेटमा भन्सार र अन्तःशुल्क बढाएर विद्युतीय गाडीमा ‘घात’ गरेको अटो व्यवसायीले बताउँदै आएका छन्। नेपालमा विद्युतीय गाडी आयात गरी बिक्री गर्ने केही व्यवसायीले अब विद्युतीय गाडी आयात गर्नसक्ने अवस्था नै नरहेको बताएका छन्।

तर महिन्द्राले महंगो भए पनि विद्युतीय गाडीलाई निरन्तरता दिने बताएको छ।

‘हामीसँग करिब ५० विद्युतीय गाडीको माग छ। बजेटपछि कुनै पनि विद्युतीय गाडी भित्र्याउनसकेका छैनौँ’, भण्डारीले भने, ‘सरकारले करमा हेरफेर नगरे पनि विद्युतीय गाडीलाई निरन्तरता दिन्छौँ।’

महिन्द्राले विद्युतीय गाडी इटुओ मात्रै वार्षिक सयको हाराहारीमा बिक्री गर्दै आएकोमा सरकारको अन्यायले १० वटा गाडी बिक्री गर्न अप्ठ्यारो हुने भण्डारीले बताए।

‘विद्युतीय गाडीप्रति ग्राहकको रुचि बढ्दै थियो। सरकारले कर बढाएर ग्राहक र व्यवसायीलाई निराश बनाउने काम गरेको छ’, उनले भने, ‘बजेटपछि पनि विद्युतीय गाडीको इन्क्वाइरी छ। अबको मूल्य बढ्ने हुँदा अन्योल कायमै छ।’

उनले सरकारले थोरै किलोवाटलाई पुरानै मूल्यमा गरेर भन्सार पास गर्न दिने र ५० किलोवाटभन्दा माथिको लागि किलोवाटअनुसार अन्तःशुल्क गर्दा सबैलाई न्याय हुने बताए।

अर्थ मन्त्रालयले विद्युतीय गाडीमा बढाएको करमा पुनर्विचार गर्ने आश्वासन दिए पनि कुनै निर्णय भएको छैन।

विश्वभर विद्युतीय गाडीमा सहुलियत दिँदै आए पनि नेपाल सरकारले बजेटमार्फत १० प्रतिशत भन्सार बढाएर ४० प्रतिशत र यसअघि नलगाएको अन्तःशुल्क किलोवाटअनुसार ८० प्रतिशतसम्म लगाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .