ad ad

समाज


नेपालमा उत्पादित औषधी आयातमा रोक लगाउन माग गर्दै व्यवसायी आन्दोलनमा

नेपालमा उत्पादित औषधी आयातमा रोक लगाउन माग गर्दै व्यवसायी आन्दोलनमा

नेपालखबर
असार ३१, २०७७ बुधबार ७:३२,

विभिन्न माग राख्दै औषधि व्यवसायीहरुले आज पनि आन्दोलन गरेका छन्।

नेपालमा उत्पादन हुने औषधिहरुको आयातमा रोक लगाउनुपर्ने, स्थानीय औषधि उद्योगलाई प्रोत्साहन गर्नुपर्ने माग राख्दै व्यवसायीहरु आन्दोलनमा उत्रेका हुन्।

आफुहरुसँग सरकारले पटक पटक सम्झौता गरे पनि कार्यान्वयन नभएको वयवसायीहरुको गुनासो छ।

औषधिजन्य वस्तुको दर्ता र गुणस्तरमा सम्झौता गर्न नहुने, गुणस्तरहीन औषधी आयात र बिक्री वितरणमा प्रतिवन्ध लगाउनुपर्ने माग राख्दै व्यवसायीहरुले आन्दोलन सुरु गरेका हुन्। नाकाबन्दी र भूकम्पको समयमा समेत औषधि अभाव हुन नदिएको स्मरण गर्दै नेपाल औषधी उत्पादक संघका पूर्व अध्यक्ष उमेशलाल श्रेष्ठले औषधी उद्योगमाथि सरकारले कुदृष्टि परेको बताए।

असार २२ गते सेनिटाइजर दर्ताको म्याद तीन महिना थप्ने निर्णय गरेसँगै औषधी उत्पादक संघको आपत्ति छ। नेपालमा अहिले पनि सेनिटाइजरको गुणस्तरीय र व्यवस्थित रुपले उत्पादन भइरहेको उनले बताए।

सरकारले एकलौटी रुपमा औषधीमा दशौं गुणासम्म बढाइएको राजस्व खारेज गर्नुपर्ने, विनादर्ता र गुणस्तरहीन स्यानिटाइजर बिक्री गर्दा जनताको स्वास्थ्यमा असर गर्ने भन्दै त्यसलाई रोक लगाउनुपर्ने उनीहरुको माग छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .