काभ्रेपलाञ्चोकमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।
धुलिखेल नगरपालिका–२ डुडामुखस्थित टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा धुलिखेल नगरपालिका–२ का मोटरसाइकल चालक ५२ वर्षीय वेदप्रसाद कोइराला र मोटरसाइकलको पछाडि सवार ५३ वर्षीय गोबद्र्धनप्रसाद कोइराला रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
बनेपाबाट रविओपीतर्फ जाँदै गरेको बा४ख ६३८६ नम्बरको टिपरले आज दिउँसो सोही दिशातर्फ जाँदै गरेको बा३६प ५०५२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुबै जनाको मृत्यु भएको हो। मृतक दुवै जनाको शव परीक्षणका लागि बनेपास्थित शिर मेमोरियल अस्पतालमा राखिएको छ।
घटनापश्चात चालक टिपर छोडेर फरार भएको र खोजीकार्य जारीरहेको प्रहरीले जनाएको छ।रासस
प्रतिक्रिया