ad ad

समाज


कार्यालय प्रमुखसहित चार जना घुससहित पक्राउ

कार्यालय प्रमुखसहित चार जना घुससहित पक्राउ

नेपालखबर
असार १७, २०७७ बुधबार १६:५,

अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतबाट खटिएको टोलीले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय दैलेखका निमित्त कार्यालय प्रमुखसहित चार जना कर्मचारीलाई घुससहित नियन्त्रणमा लिएको छ। अख्तियार टोलीले मंगलबार राति निमित्त कार्यालय प्रमुख (इन्जिनियर) टोपेन्द्रसुन्दर मल्लसहित चार जनालाई घुस रकमसहित नियन्त्रणमा लिएको हो।

दैलेखको भगवतीमाई गाउँपालिका­३ सानतडा खोला तटबन्धन निर्माण कार्य सम्पन्न भएपछि भुक्तानीमा सहजीकरण गरेबापत मल्ल र सब–इन्जिनियर वीरेन्द्र चन्दले सेवाग्राहीसँग रु दुई लाख ४१ हजार १६ घुस मागेको अख्तियारले जनाएको छ। अख्तियारले मल्लका साथै सब–इन्जिनियर रञ्जित श्रेष्ठ र सुपरभाइजर लक्ष्मी पाण्डेसमेतलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ।

अख्तियार टोलीले इन्जिनीयर मल्ललाई कार्यालय परिसरबाट र सब—इन्जिनीयर चन्दलाई कार्यस्थलबाटै नियन्त्रणमा लिएको हो। हिजो राति सदरमुकामस्थित मल्लको क्वाटरमा खानतलासी गर्दा सो रकम फेला परेको हो। अख्तियार सुर्खेतका सूचना अधिकारी मेघनाथ सापकोटाले पक्राउ परेका चारै जनाको पीसीआर परीक्षण गरेर काठमाडौं पठाउने जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .