धनुषामा तिब्र गतिमा रहेको मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ। मृतक एक महिला र एक पुरुष रहेका छन्।
बुधबार दिउँसो जनकपुर–ढल्केवर सडकखण्ड अन्तर्गत जनकपुरतर्फ आउँदै गरेको ज ३ प ७०४२ नम्बरको बाइक क्षिरेश्वरनाथ नगरपालिका–४ स्थित हरैयामा अनियन्त्रित भइ पिलरमा ठोक्किएर दुर्घटना भएको हो।
मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका–२० देवपुराका २६ वर्षीय विजय कुमार शर्मा र नाम नखुलेको अन्दाजी ३५ वर्षीया महिला रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका विजयको अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको र महिलाको उपचारको क्रममा प्रादेशिक अस्पतालमा मृत्यु भएको हाे। दुवैको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको ट्राफिक प्रहरी कार्यालय धनुषाले जनाएको छ।
Shares
प्रतिक्रिया