२३ वर्षकी पवित्रा कार्कीले पसल लुट्न आएका लुटेरालाई चक्कु देखाएर पसलबाट लखेट्न सफल भएकी थिइन्। यस विषयमा अस्ट्रेलियाको सेभेनन्युज सिड्नीले विशेष रिपोर्ट नै बनाएको छ।
जहाँ उनलाई बहादुर युवती भनिएको छ। यतिबेला अस्ट्रेलियाभर कार्कीको साहस र बहादुरीको चर्चा भइरहेको छ।
सेभेनन्युज सिड्नीको सोमबारको भिडियो रिपोर्टमा देखिएअनुसार नकाबधारी लुटेराले उनीसँग पैसा मागेको देखिएको छ। पैसा लुट्न खोजिएपछि पुरानो चक्कु देखाउँदै कार्की लुटेरामाथि आइ लाग्छिन्।
(भिडियो)
कार्कीको हातमा चक्कु देखिएपछि लुटेरा पसलबाट फरार भएको देखिएको छ। हाल प्रहरीले उक्त लुटेराको खोजी गरिरहेको छ।
अस्ट्रेलियाको सुरक्षा संयन्त्र सक्षम भएपनि साना ब्यवसायीहरु बेलाबेला लुटेराको निशानामा पर्ने गरेका छन्।
रिपोर्टअनुसार सिड्नीको ओबनमा नेपालीद्वारा संचालित क्याटमाडौं सुपर मार्केटमा लुट्ने प्रयास भएको थियो। एजेन्सी
प्रतिक्रिया