पूर्वी इरानको ताबास सहरमा रहेको कोइला खानीमा भएको विस्फोटमा परी कम्तीमा ५१ जनाको मृत्यु भएको छ।
त्यहाँको सरकारी सञ्चारमाध्यमका अनुसार खानीका दुईवटा ब्लकमा मिथेन ग्यास चुहिएर विस्फोट भएको हो।
यो खानी इरानको राजधानी तेहरानबाट करिब ५४० किलोमिटर टाढा दक्षिण खोरासान प्रान्तमा छ।
स्थानीय समयअनुसार शनिबार राति ९ बजे विस्फोट भएको हो।
30
Shares
प्रतिक्रिया