ad ad

ग्लोबल


श्रीलंका चुनावः मतगणना दोस्रो चरणमा प्रवेश, वर्तमान राष्ट्रपति विक्रमासिंघे ‘आउट’

श्रीलंका चुनावः मतगणना दोस्रो चरणमा प्रवेश, वर्तमान राष्ट्रपति विक्रमासिंघे ‘आउट’

नेपालखबर
असोज ६, २०८१ आइतबार १८:१८, काठमाडौँ

श्रीलंकाको निर्वाचन आयोगका अध्यक्ष आरएमएएल रत्नायकेले आइतबार श्रीलंकाको राष्ट्रपतीय निर्वाचनको मतगणना दोस्रो चरणमा प्रवेश गरेको बताएका छन्। 

रत्नायकेले निर्वाचनमा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत प्राप्त नगरेको र निर्वाचन ऐन २०४८ अनुसार दोस्रो गणना आवश्यक रहेको बताएका हुन्। 

नेसनल पिपुल्स पावर (एनपीपी) का अनुरा कुमारा दिसानायके र समागी जन बलवेगा (एसजेबी) का सजिथ प्रेमदासा दोस्रो चरणको मतगणनाका लागि योग्य भएका छन्। 

वर्तमान राष्ट्रपति रनिल विक्रमासिंघे निर्वाचनको प्रतिस्पर्धामा पहिलो चरणबाटै बाहिरिएका छन्। त्यसो त दिसानायके र प्रेमदासाबाहेक बाँकी सबै उम्मेदवार चुनावी मैदानबाट बाहिरिएका हुन्। 

सबै मतगणना केन्द्रलाई दोस्रो र तेस्रो वरीयताको गणनामा गएर नतिजा आयोगमा पठाउन भनिएको उनले जानकारी दिए।

श्रीलंकाको चुनावी इतिहासमा दोस्रो चरणको मतगणना गर्नुपर्ने यो पहिलो राष्ट्रपतीय निर्वाचन भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .