बीबीसीका अनुसार आक्रमणको योजना बनाउने २२ वर्षका इथन मेलजरलाई आतंकवाद सम्बन्धी मुद्दा लगाइएको छ।
उनीमाथि नियो–नाजी समूहलाई आफ्नो युनिटको बारेमा गोप्य सूचना दिएको आरोप लागेको छ। इथनको सूचनापछि नाजी अतिवादी समूहले अमेरिकी सेनामाथि आक्रमण गर्न लागेको थियो।
तर आक्रमणको योजनाबारे पहिल्यै पत्ता लागेपछि उक्त योजना एफबीआइ र अमेरिकी सेनाले गत महिना विफल बनाएको थियो।
जुन १० मा मात्र इथनलाई पक्राउ गरिएको थियो। इथनलाई आतंकवाद, अमेरिकी नागरिक हत्या, षड्यन्त्र लगायत विषयमा दोषी ठहर्याइएको छ।
प्रतिक्रिया