पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले कोरोनाको महामारीसँगै नेपाल चौतर्फी संकटमा फस्न लागेको बताएका छन्।
बेरोजगारको संख्या बढ्नु, एमसीसीको टुंगो नहुनु, स्कुलकलेज लथालिंग हुन अहिलेका प्रमुख समस्या रहेको उनको ठहर छ।
उनले समस्या समधानका लागि अग्रसर हुनेपर्ने सत्ताधारी दल नेकपा नै गुटको जालोमा फसेको, प्रधामन्त्री केपी शर्मा ओली उखानटुक्का र छेडखानीमा नै ब्यस्त रहेको भन्दै उनले संकटको निकास खोज्न आग्रह समेत गरेका छन्।
‘देश चौतर्फी संकटमा फस्दैछ। कोरोना चर्किंदैछ! अर्थतन्त्र थला पर्दैछ! विदेशबाट फर्केका र स्वदेशमै रहेका लाखौं बेरोजगार युवाको ताँती बढ्दैछ’, मंगलबार सामाजिक सञ्जाल ट्विटरमा डा. भट्टराईले लेखेका छन्, ‘स्कुल–कलेज लथालिंग छन्। एमसीसीको टुंगो छैन। नागरिकता बल्झिँदैछ। सत्ताधारी दल गुटको जालोमा फसेको छ१ प्रम उखानटुक्कारछेडखानीमा ब्यस्त छन्! संकटको निकास खोजौं!’
— Baburam Bhattarai (@brb1954) June 23, 2020देश चौतर्फी संकटमा फस्दैछ।कोरोना चर्किदैछ!अर्थतन्त्र थला पर्दैछ!विदेशबाट फर्केका र स्वदेशमै रहेका लाखौं वेरोजगार युवाको ताँती बढ्दैछ।स्कूलकलेज लथालिंग छन्।MCCको टुंगो छैन।नागरिकता बल्झिदैछ।सत्ताधारी दल गुटको जालोमा फसेको छ!प्रम उखानटुक्का/छेडखानीमा ब्यस्त छन्! संकटको निकास खोजौं!
प्रतिक्रिया