ग्लोकल आफ्टर स्कुलले अनलाइन सिकाइका लागि भर्चुअल सम्मेलन गर्ने भएको छ। शिक्षामन्त्री गिरिराजमणि पोखरेलको मुख्य आतिथ्यमा स्कुलले यही १४ र १५ गते उक्त सम्मेलन गर्नलागेको हो।
मन्त्री पोखरेलले सम्मेलनमा मन्तव्य राख्नेछन् भने अन्य विद्वान्, शिक्षाविद् र अनुसन्धानकर्ताले समेत भाग लिने स्कुलले जनाएको छ।
ग्लोकल अफ्टर स्कूल, ग्लोकल प्राइभेट लिमिटेडको एक अभिन्न अङग हो। यसले विगतका वर्षहरु वाट विभिन्न सिप सिकाइ तथा शिक्षाका कार्यक्रमहरु अफलाइन तथा अनलाइन सञ्चालन गर्दै आएको छ। दुई दिने इलर्निङ सिकाइ सम्मेलनले अनलाइन शिक्षण र शिक्षाको भविष्यमा र शिक्षाको सिद्धान्तमा विकास गर्न एक साझा मञ्च प्रदान गर्ने विश्वास लिइएको छ।
ग्लोकल आफ्टर स्कूल (ग्लोकल प्रा.लिको इकाइ)ले विभिन्न विषयहरूमा अनलाइन पाठ्यक्रमहरू सुरू गरेको हो। यी अनलाइन पाठ्यक्रमहरू विभिन्न क्षेत्रका विज्ञहरूले आधारभूत शिक्षा तथा सीप प्रदान गरी अहिलेको समयको उचित सदुपयोगका लागि बनाइएको हो। अनलाइन शिक्षा पोर्टल, भविष्यमा पनि सुरु गर्ने लक्ष्य लिएर ग्लोकल टिम अघि बढेको छ।
सम्मेलनको मुख्य लक्ष्य भनेको अनलाइन लर्निङका सम्भावनाहरुलाई सम्बोधन गर्नु रहेको स्कुलको भनाइ छ। सम्मेलनले दुवै प्राविधिक साथै अनलाइन लर्निङको गैरप्राविधिक पक्षहरूलाई पनि समेट्ने बताइएको छ।
सम्मेलनमा अदामस युनिभर्सिटी, खान एकेडेमी, १० मिनट स्कुल, फ्युज क्लासरूम, ग्लोकल आफ्टर स्कुल, टिच फोर नेपाल, काठमाडौं विश्वविद्यालय, किङ्स कलेज, कारखाना एवम सीटीईभीटीजस्ता शिक्षण मञ्चहरुका तर्पmवाट मन्तव्य तथा विश्लेषणहरु रहनेछ।
प्रतिक्रिया