ad ad

समाज


काठमाडौँ उपत्यकामा आज पनि देखियो कोरोना, ८ महिला संक्रमित

काठमाडौँ उपत्यकामा आज पनि देखियो कोरोना, ८ महिला संक्रमित

नेपालखबर
असार ६, २०७७ शनिबार १०:५३,

देशभर कोरोना संक्रमण महामारी बढीरहेको बेला काठमाडौँ उपत्यकामा पनि संक्रमितकाे संख्या बढ्न थालेकाे छ।

पछिल्लो समय देशभरका अन्य क्षेत्रको तुलनामा काठमाडौँमा कम संक्रमित देखिए पनि पछिल्लो समय यो संख्या बढ्दै गएको हो।

स्वस्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा काठमाडौँकी एक महिला र भक्तपुरका ७ जना महिलामा कोरोना पुष्टि भएको बताए।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाडौँकी एक महिला र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भक्तपुरका ७ महिलाको पीसीआर रिपोर्ट पोजिटिभ आएको प्रवक्ता गौतमले जानकारी दिए।

 शनिबार देशभर गरेर ३३१ जना कोरोना संक्रमित थपिएका छन्।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार ६०५ पुगेको छ।

संक्रमितमध्ये २२ जनाको मृत्यु भइसकेको छ भने १५ सय ७८ जना उपचारपछि निको भएर घर फर्किसकेका छन्।

याे पनि : थप ३३१ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ८ हजार ६०५ पुग्यो

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .