ad ad

समाज


आज पनि यी स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन सुझाव

आज पनि यी स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन सुझाव

नेपालखबर
असार ४, २०७७ बिहिबार १:९,

मनसुनी प्रभावका कारण केही दिनदेखि देशभर जारी वर्षा अझै तीन दिन राेकिने सम्भावना नरहेकाे मौसमविद्ले बताएका छन्।

यस क्रममा आज (बिहीबार) देशका सबै प्रदेशमा हल्कादेखि मध्यमसम्म र केही ठाउँमा भारी (ठूलो) वर्षाको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठले जानकारी दिए।

उनका अनुसार आज प्रदेश १, २, बागमती, गण्डकी र प्रदेश नम्बर ५ का धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भवना छ। प्रदेश १, २, बागमती, गण्डकी र प्रदेश ५ देशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ।

‘यी प्रदेशका खासगरी पहाडी भेगमा भारी वर्षाको सम्भावना छ,’ मौसमविद् श्रेष्ठले बिहीबार बिहान नेपालखबरसँग भने, ‘तर प्रदेश २ को जनकपुर र वीरगन्जमा पनि भारी वर्षाको सम्भावना देखिएको छ।’

उनका अनुसार मनसुनका कारण भएको बदलीमा बिहानैदेखि वर्षा हुने सम्भवना हुन्छ। यतिबेला (बिहीबार बिहान ६ः३० बजे) भने प्रदेश ५ र कर्णालीमा मौसम लगभग सफा छ, तर पुनः बदली भई वर्षा हुने सम्भावना रहेको मौसमविद् श्रेष्ठले बताए।

उनका अनुसार मनसुनको प्रभाव अहिले लगभग देशभर नै भइसकेको छ। तर पनि सुदूरपश्चिमका केही भागमा भने अझै यो सक्रिय हुन सकेको छैन।

माैसम पूर्वानुमान महाशाखाले बिहीबार बिहान ६ बजे आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेकाे छ:

देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनाका साथै  प्रदेश १, प्रदेश २ र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ, जसका कारण ती क्षेत्रका नदीमा पानीको aहाव बढ्ने, पहिरो जाने, सडक तथा हवाई यातायात  प्रभावित हुने सम्भवना रहेकाले सबैले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

हेराैँ महाशाखाले गरेकाे आगामी तीन दिनको मौसम पूर्वानुमान:

असार ०४ गते (बिहीबार)

दिउँसोः  प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेश मा सामान्य बदली रही बाँकी प्रदेशमा पूर्ण बदली रहनेछ।प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का धेरै  स्थानमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका  केही स्थानमा  मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र ५ नं प्रदेशका एक-दुइ स्थानमा भारी वर्षाको सम्भवना छ।

 राति:  सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र प्रदेश नं ५ मा सामान्य बदली रही बाँकी प्रदेशमा पूर्ण बदली रहनेछ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का धेरै स्थानमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा  मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भवना छ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ।

असार ०५ गते (शुक्रबार)

दिउँसोः  सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र प्रदेश नं ५ मा सामान्य बदली रही बाँकी प्रदेशमा पूर्ण बदली रहनेछ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का धेरै स्थानमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना  छ। प्रदेश १, प्रदेश २ र गण्डकी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ।

राति:  सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश र प्रदेश नं ५ मा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पुर्ण बदली रहनेछ।प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का धेरै स्थानहरुमा साथै कर्णाली र सुदुर पश्चिम प्रदेशका थोरै स्थानमा  मेघगर्जन र चट्याङ  सहित हल्का देखि मध्यम वर्षाको   संभावना रहेको छ। प्रदेश १, गण्डकी प्रदेश  र बागमती प्रदेशका एक दुइ स्थानमा भारी वर्षाको संभावना  रहेको छ।

असार ०६ गते (शनिबार)

दिउँसोः  सुदूपश्चिम प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा पूर्ण बदली रहनेछ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का धेरै  स्थानमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का एक दुइ स्थानमा भारी वर्षाको सम्भावना छ।

 राति:  सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश मा सामान्य बदली रही बाँकी प्रदेशमा पूर्ण बदली रहनेछ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का धेरै स्थानमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा  मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गण्डकी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .