ad ad

खेल


युभेन्ट्सलाई हराउँदै नेपोलीले जित्यो छैटौंपटक कोपा इटालियाको उपाधि

युभेन्ट्सलाई हराउँदै नेपोलीले जित्यो छैटौंपटक कोपा इटालियाको उपाधि

नेपालखबर
असार ४, २०७७ बिहिबार १:३२,

युभेन्ट्सलाई पराजित गर्दै नेपोलीले छैटौंपटक कोपा इटालियाको उपाधि जितेको छ। बुधबर राति भएको फाइनल खेलमा नेपोलीले युभेन्टसलाई ट्राइब्रेकमा ४–२ ले पाखा लगाउँदै उपाधि हात पारेको हो।

रोमको स्टाडियो ओलिम्पियोमा भएको खेलमा युभेन्टस १४औंपटक उपाधि जित्न असफल बनेको हो। निकै प्रतिस्पर्धात्मक बनेको खेलको निर्धारित ९० मिनेटमा दुवैतर्फबाट गोल हुन नसकेपछि प्रतिस्पर्धा ट्राइब्रेकरमा गएको थियो। त्यसमा नेपोलीका कप्तान लोरेन्जो इन्सिग्ने, म्याटियो पोलिटानो, म्याक्सिमोभिच र अर्कादिउस्ज मिलिकले जाली चुमाए।

युभेन्टसका लिओनार्डो बोनुची र आरोन राम्सीले गोल गर्दा पाउलो डिबालाको पहिलो प्रहार नै नेपोलीका गोलरक्षक एलेक्स मेरेटले बचाए। ड्यानीलोले गरेको दोस्रो प्रहार भने पोस्टबाट माथि गएको थियो। निर्धारित समयमा दुवै टोलीले गोल गर्ने राम्रो अवसर पाए पनि सदुपयोग गर्न नसक्दा अग्रता लिनबाट चुकेका थिए।

नेपोलीले सेमिफाइनलको दोस्रो लेगमा इन्टरमिलानसँग १–१ को बराबरी गर्दै समग्रमा २–१ को जित निकाल्दै युभेन्टससँगको भेट पक्का गरेको हो। सेमिफाइनलको दोस्रो लेगमा भने युभेन्ट्स एसी मिलानसँग गोलरहित बराबरीमा रोकिएको थियो। फेब्रुअरी १३ मा भएको पहिलो लेगमा दुवै टोलीले १–१ को बराबरी गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .