ad ad

समाज


मनसुनको संघारमा नेपाल, आज कहाँ-कहाँ होला वर्षा?

मनसुनको संघारमा नेपाल, आज कहाँ-कहाँ होला वर्षा?

नेपालखबर
जेठ ३०, २०७७ शुक्रबार ०:५७,

आज देशका सबै प्रदेशमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मशाखाका अनुसार प्रदेश १, २, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका एक-दुई ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भवना छ।

मौसमविद् गंगा नगरकोटीका अनुसार प्रदेश १ र २ का तराई क्षेत्रमा अहिले बिहानदेखि नै वर्षाको सम्भावना देखिएको छ भने बागमती र गण्डकी प्रदेशमा दिउँसोपछि वर्षा हुने सम्भावना छ।

काठमाडौं उपत्यकामा पनि दिउँसोपछि खण्ड खण्ड वर्षा हुने सम्भावना रहेको उनले जानकारी दिइन्।

मौसमविद्का अनुसार नेपालमा अब केही दिनमै मनसुन अर्थात् वर्षातको मौसम भित्रिँदै छ।

सामान्यतया नेपालमा जुन १० तारिखमा मनसुन भित्रिने गरेको भए पनि यस वर्ष मनसुन भित्रिन केही ढिला भएको हो। मनसुन भित्रिन अझै ५-६ दिन लाग्ने मौसमविद्को अनुमान छ।

‘मनसुन सुरु हुन पूर्वी वायु सक्रिय हुनुपर्छ,’ मौसविद् नगरकोटीले शुक्रबार बिहान नेपालखबरसँग भनिन्, ‘पूर्वी वायु बिस्तारै सक्रिय हुँदै छ, अब केही दिनमा मनसुन सुरु हुने देखिन्छ।’

उनका अनुसार अरू धेरैजसो ‘क्राइट एरिया’ पूरा भइसकेको छ।

यस वर्ष मनसुनमा नेपालमा औसत वर्षा हुने अनुमान रहेको कुरा मौसमविद्ले यसअघि नै बताइसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .