ad ad

समाज


बझाङका ६ सहित सुदूरपश्चिममा आज थप १३ जनामा कोरोना पुष्टि

बझाङका ६ सहित सुदूरपश्चिममा आज थप १३ जनामा कोरोना पुष्टि

नेपालखबर
जेठ २४, २०७७ शनिबार १०:३२,

सुदूरपश्चिममा आज(शनिबार) थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै सुदूरपश्चिममा संक्रमितको सङख्या एक सय ५ पुगेको छ।

धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरीएको परीक्षणमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

नयाँ संक्रमितमा बझाङका ६, कैलाली र काठमाडौँका २-२, अछाम, कञ्चनपुर, डडेल्धुराका १-१ जना छन।

बझाङको खप्तडछान्ना गाउँपालिका-३ का २५, ३८, ५७ र ७० वर्षीय पुरुष तथा ४० वर्षीय २ महिलालाई कोरोना संक्रमण पुष्टि भएको हो। 

पाँचजना भारत र एकजना काठमाडौंबाट आएका व्यक्तिमा संक्रमण पुष्टि भएको र उनीहरु गाउँपालिकाकै आइसोलेसनमा रहेको अस्पतालले जनाएको छ।

यस्तै कैलालीको गोदावरी नगरपालिका ४१ बर्षीय पुरुष, धनगढी उप–महानगरपालिका वडा नम्वर ४ की ५५ बर्षीय महिला, कञ्चनपुरको महाकाली नगरपालिका ३ का ३८ बर्षीय पुरुष, काठमाडौँका १८ र ३८ बर्षीय पुरुष, अछामको मंगलशैसन नगरपालिका वडा नम्वर १ की ५२ बर्षीय महिलामा कोरोना पुष्टि भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .