ad ad

समाज


सुत्केरी महिलासहित सुदूरपश्चिममा थप १३ जनामा कोरोना संक्रमण पुष्टि

सुत्केरी महिलासहित सुदूरपश्चिममा थप १३ जनामा कोरोना संक्रमण पुष्टि

गोकुल जोशी
जेठ २४, २०७७ शनिबार १०:३६,

सुदूरपश्चिम प्रदेशमा शनिबार थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

बझाङका ६, कैलाली र काठमाडौँका दुई÷दुई, अछाम, कञ्चनपुर, डडेल्धुराका एक/एक जनामा कोरोना संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकरी दिलिप कुमार श्रेष्ठले बताए।

धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा बझाङको खप्तडछान्ना गाउँपालिका–३ का २५, ३८, ५७, र ७० वर्षीय पुरुष तथा ४०/४० वर्षीय महिलामा कोरोना संक्रमण पुष्टि भएको हो।

यस्तै कैलालीकोे गोदावरी नगरपालिका ४१ वर्षीय पुरुष, धनगढी उप–महानगरपालिका–४ की ५५ वर्षीय महिला, कञ्चनपुरको महाकाली नगरपालिका ३ का ३८ बर्षीय पुरुष, काठमाडौँका १८ र ३८ वर्षीय पुरुष, अछामको मंगलशैसन नगरपालिका–१ की ५२ वर्षीय महिला र डडेल्धुराको नवदुर्गा गाउँपालिका–४ सिरोडकी २१ वर्षीया महिलामा कोरोना पुष्टि भएको हो।

यो संगै सुदूरपश्चिममा कोरोना संक्रमित संख्या एक सय ५ पुगेको छ । तीमध्ये १२ जना निको भएर घर फर्किएका छन् भने एक जनाको मृत्यु भएको छ।

महाकाली अस्पतालको आइसोलेसनमै छन् ३ संक्रमित
शनिवार कोरोना संक्रमण पुष्टि भएकामध्ये तीन जना संक्रमित महेन्द्रनगरको महाकाली अस्पतालमा छन्।

महाकाली नगरपालिकाका ३८ वर्षिय पुरुष तथा काठमाडौंका १८ र ३८ वर्षिय पुरुषमा महाकाली अस्पतालको आइसोलेसनमा रहेका छन्। भारतबाट फर्किएका उनीहरुलाई कोरोना आशंकामा अस्पताल भर्ना गरिएको थियो । यो संगै महाकाली अस्पतालको आइसोलेसन भरिभराउ भएको छ । २० बेड क्षमतको आइसोलेसनमा अहिले १८ जना संक्रमित छन्।

सुत्केरीका लागि अस्पताल पुग्दा संक्रमण पुष्टि
शुक्रबार संक्रमण पुष्टि हुने मध्येकी एक डडेल्धुराको नवदुर्गा गाउँपालिका–४ सिरोडकी २१ वर्षीया महिला पनि हुन्। उनी क्वारिन्टनबाट सुरक्षित तरिकाले प्रसूतिका लागि जेठ २१ गते डडेल्धुरा अस्पताल आएको निमित्त मेडिकल सुपरिडेन्टेन्ट डा. जगदीशचन्द्र विष्टले जानकारी दिए।

उनको २१ गते कोरोना परीक्षणका लागि स्वाब संकलन गरी धनगढी पठाइएको थियो। २३ गते बिहान साढे १० बजे सुरक्षित तरिकाले अस्पतालमा शिशु जन्माएकी उनको शनिबार कोरोना रिपार्ट पोजेटिभ आएको हो । कोरोना रिपोर्ट आएपछि उनीसहित शिशुलाई अस्पतालाको आइसोलेनमा भर्ना गरिएको छ। आमा र शिशुको स्वास्थ्यअवस्था सामान्य रहेको अस्पतालले जनाएको छ। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .