ट्राफिक प्रहरीले लकडाउन उल्लंघन गरेको आरोपमा एक हजार ६४ वटा सवारी साधन नियन्त्रणमा लिएको छ।
काठमाडौं उपत्यका भित्र नियन्त्रणमा लिइएका गाडीको याे संख्या शुक्रबार दिउँसो २ बजेसम्मको हो।
नियन्त्रणमा लिइएका मध्ये १४५ वटा चार पाङ्ग्रे र बाँकी दुई पाङ्ग्रे सवारी साधन छन्।
लकडाउनका ७४ औं दिनसम्म आइपुग्दा सडकमा सवारी साधनको चाप देखिन थालेको छ भने फाट्ट फुट्ट पसलहरु खुल्न थालेका छन्।
कतिपय स्थानीय तहले साइकल र मोटरसाइकल चलाउन तथा सावधानीका साथ आफ्नो काम गर्न दिने निर्णय गरेका छन्।
तर ट्राफिक प्रहरीले भने सवारी चेकजाँचमा कडाइ गरेको छ।
3
Shares
प्रतिक्रिया