प्रदेश २ मा पछिल्लो २४ घण्टामा २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। शुक्रबार आएको पीसीआर रिपोर्ट अनुसार धनुषामा ४, महोत्तरीमा ९, रौतहट ६ र बारामा ३ जनामा कोरोना पोजेटिभ देखिएको प्रदेश २ स्वास्थ्य निर्देशनालयले जनाएको छ।
शुक्रबार आएको पीसीआर नतिजा अनुसार एक साता यताको यो संख्या न्युन हो। स्वाब परीक्षण नै कम भएकाले रिपोर्ट थोरै आएको निर्देशनालयका एक कर्मचारीले बताए। ती कर्मचारीका अनुसार अहिले प्रदेश २ का ७ हजारभन्दा बढी स्वाब रिपोर्ट आउन बाँकी छ।
शुक्रबार थपिएका २२ जनासँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या ९ सय ८१ पुगेको छ।
प्रतिक्रिया