ad ad

समाज


लकडाउनको नियमले बाँधिएका नेदरल्याण्ड्सका प्रधानमन्त्रीले मृत्युशय्यामा रहेकी आमा भेट्न पाएनन्

लकडाउनको नियमले बाँधिएका नेदरल्याण्ड्सका प्रधानमन्त्रीले मृत्युशय्यामा रहेकी आमा भेट्न पाएनन्

नेपालखबर
जेठ १३, २०७७ मंगलबार १२:५१,

यसको कारण थियो देशमा लागू भएको लकडाउन। कोरोनाको प्रकोपसँगै नेदरल्याण्ड्समा गत मार्च २० देखि लकडाउन जारी छ।

त्यसबीचमा रुटका गम्भीर बिरामी आमा अस्पताल भर्ना भएकी थिइन्। तर आफ्नै आमा बिरामी भएपनि लकडाउनको नियमले बाँधिएका रुटले आमालाई अस्पतालमा गएर भने भेट्न पाएनन्।

अधिकारीहरुका अनुसार रुटकी आमा जीवन र मरणको दोसाँधमा थिइन्। जिम्मेवार पदमा भएकाले रुटले पनि लकडाउनको नियम पालना गर्ने निधो गरे।

सोमबार रुटले आफ्नी ९६ वर्षकी आमाको मृत्यु भएको बताएका छन्। हेगस्थित १४ मेका दिन घरमै आमाको निधन भएको उनले जानकारी दिँदै आफूले अस्पतालमा आमालाई भेट्न नपाएकोमा दुख व्यक्त गरेका छन्।

रुटकी आमालाई कोरोनाको संक्रमण भएको थिएन। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .