ad ad

समाज


नेपालगन्जका २९ सहित तीन दिनमा ३३ संक्रमित निको भएर घर फर्किए

नेपालगन्जका २९ सहित तीन दिनमा ३३ संक्रमित निको भएर घर फर्किए

नेपालखबर
जेठ ९, २०७७ शुक्रबार ९:१८,

कोभिड–१९ को सङ्क्रमणबाट निको भई अस्पतालबाट घर फर्किनेको संख्यामा बृद्धि भैराखेको छ।

तीन दिनमा ३३ जना संक्रमित स्वस्थ भई घर फर्केको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए।

उनका अनुसार आजमात्र नेपालगञ्जका २१ जना बिरामी एकैपटक संक्रमणबाट निको भई घर फर्किएका छन्। एकैपटक स्वस्थ भई फर्कनेमध्येको ठूलो हो।

बुधबार कोशी अस्पतालमा आठ र बिहीबार चार जना काठमाडौँबाट कोरोनालाई पराजित गर्दै घर फर्किएका थिए।

अहिलेसम्म ७० जना बिरामी पूर्णरुपमा निको भई घर फर्किसकेको सहप्रवक्ता डा अधिकारीले बताए। उनका अनुसार संक्रमितको अस्पताल बसाइ औषत २० दिन ८ घण्टा रहेको छ।

खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा प्रदेश सरकारले स्थापना गरेको कोरोना विशेष आइसोलेसन अस्पतालमा उपचारपश्चात् घर फर्किएका मध्ये नेपालगञ्ज उपमहानगरपालिका वडा नं ७ का पहिलो संक्रमित ६० वर्षीय पुरुषसहित नेपालगञ्ज–८ जोलाहनपुरका २० जना रहेका छन्।

बिहीबार काठमाडौँकी ३३ वर्षीया महिला, पर्साका ३७ वर्षीय पुरुष, भक्तपुरका २५ वर्षीया महिला र २७ वर्षीया पुरुष टेकुस्थित शुक्रबार ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट नौ दिनमा घर फर्किएका थिए।

बुधबार कोशी अस्पतालमा उपचार गराइरहेका उदयपुरका आठजना घर फर्किएका थिए। चीनको वुहानबाट आएका पहिलो संक्रमित २२ दिन अस्पतालमा उपचार गराएर सञ्चो भएका थिए। गत माघ ९ गते संक्रमण देखिएका उनी गत फागुन ३ गते घर फर्किएका थिए।

यसैगरी दोस्रो संक्रमित काठमाडौँकी १९ वर्षीया प्रसिद्धि श्रेष्ठ २७ दिन उपचारपश्चात् घर फर्किएकी हुन् । गत चैत १० गते संक्रमण देखिएकी उनीको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भएको थियो।

अस्पतालका निर्देशक डा सागरराज भण्डारीले संक्रमितमा दुई किसिमले पूर्णरुपमा स्वस्थ अवस्थामा घर फर्किने बताए।

उनका अनुसार पहिलो ४८ घण्टामा दुईपटक कोभिड–१९ नेगेटिभ रिपोर्ट आएपछि र अर्को क्लिनिकल्लीरुपमा संक्रमितमा कुनै समस्या नभएपछि मात्र घर फर्किइने छ।

‘संक्रमण देखिएपछि अरुलाई नसरोस् भनेर संक्रमितलाई आइसोलेसनमा राखिन्छ’, उनले भने, ‘कोभिड–१९ को रिपोर्ट नेगेटिभ आएपछि संक्रमित पूर्णरुपमा स्वस्थ भएको हुन्छ।’

उनका अनुसार खोकी, स्वासप्रस्वासमा समस्या नआउने, ज्वरो, थकाई नलाग्ने, पेट नदुख्नेजस्ता समस्या पूर्णरुपमा निको भएपछि संक्रमितको कोभिड–१९ परीक्षणको नेगेटिभ रिपोर्ट आएपछि मात्र घर फर्किइने छ।

घर फर्किएपछि पनि संक्रमितमा फेरि पनि संक्रमण बल्झिने खतरा भएकाले घरमा एक्लै बस्नुपर्ने हुन्छ। उनले पूर्णरुपमा निको भई घर फर्किएपछि १४ दिनमा पुनः कोभिड–१९ परीक्षण गरिने बताए।

‘अहिलेसम्म हामीले बिरामीको लक्ष्यणका आधारमा औषधि चलाएका छौँ। गम्भीर औषधि चलाउनुपरेको छैन’, उनले भने, ‘ज्वरो, रुघाखोकी, पेट दुख्ने सामान्य प्रकारको औषधिबाट संक्रमित निको भएका छन्।’ हालसम्म ४८७ जनामा कोभिड–१९ संक्रमण देखिएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .