ad ad

राजनीति


इद उल फित्रमा सार्वजनिक विदा दिने सरकारको निर्णय

इद उल फित्रमा सार्वजनिक विदा दिने सरकारको निर्णय

नेपालखबर
जेठ ९, २०७७ शुक्रबार ९:१७,

सरकारले मुस्लिम धर्मावलम्बिहरुको पर्व इद उल फित्रमा सार्वजनिक विदा दिने निर्णय गरेको छ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले इद उल फित्रमा सार्वजनिक विदा दिने सैद्धान्तिक निर्णय गरेको अर्थ/सञ्चारमन्त्री समेत रहेका सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिए।
मुस्लिम धर्मगुरुहरुको सल्लाह अनुसार विदाको दिन तोकिने उनले बताए।

मुस्लिम धर्मगुरुहरुले काेराेना संक्रमणका कारण मुस्लिम समूदायलाई घरमै नमाज पढ्न आग्रह गर्दै आएका छन्।

सरकारले राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन अध्यादेश, २०७७ र संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धि (पहिलो संशोधन) अध्यादेश खारेज गरी नेपाल ऐनको साविकको व्यवस्था जगाउने अध्यादेश २०७७ लाई प्रतिस्थापन गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने निर्णय पनि गरेको छ।

शुक्रबारको मन्त्रिपरिषद् बैठकले नेपालको संविधानको अनुसूची ३ लाई संशोधन गर्ने निर्णय पनि गरेको छ। अनुसूची ३ मा रहेको नेपालको निशान छापभित्र रहेको नक्सालाई वास्तविक सीमा अनुसार मिलाउन संविधान संशोधन गर्ने निर्णय भएको सरकरका प्रवक्ता डा. खतिवडाले बताए।

लिपुलेक, लिम्पियाधुरा र कालापानी समेत समेटेर नेपालको नयाँ नक्सा जारी भएपछि संविधान संशोधनको आवश्यकता परेको हो। नक्सा जारी गरेपछि उत्पन्न विवाद समाधानका लागि सरकारले वार्ताको प्रयास गरिरहको उनले बताए। कुटनीतिक माध्यमबाट वार्ता गरी समस्या समाधान हुनेमा सरकार आशावादी रहेको उनको भनाई छ।

उनले भने, ‘अन्तर्राष्ट्रियकरण गर्ने अवस्था सोचेका छैनौँ। हामीसँग भएका तथ्य, प्रमाणहरुका आधारमा छिमेकीहरुसँग वार्ता गरेर समस्या समाधान गर्ने प्रयास हुन्छ। त्यसपछि मात्रै के गर्ने भन्ने कुरा हुन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .