ad ad

प्रविधि


अहिलेको भन्दा १० लाख गुना तीव्र गतिको इन्टरनेट परीक्षण

अहिलेको भन्दा १० लाख गुना तीव्र गतिको इन्टरनेट परीक्षण

नेपालखबर
जेठ ९, २०७७ शुक्रबार ९:३४,

अस्ट्रेलियाका अनुसन्धानकर्ताले हालसम्मकै तीव्र गतिको इन्टरनेट परीक्षण गर्न सफल भएका छन्।

४४.२ टेराबिट्स पर सेकेन्डको डाउनलोड स्पिड भएको यो इन्टरनेट विद्यमानभन्दा १० लाख गुना छिटो चल्छ।

यो इन्टरनेटमा एक सेकेन्डमै १ हजार वटा एचडी मुभी डाउनलोड गर्न सकिनेछ।

अस्ट्रेलियामा अहिले इन्टरनेटको औसत डाउनलोड स्पिड ४३.४ एमबीपीएस छ। जुन नयाँ रेकर्डभन्दा १० लाख गुना कम हो।

अहिले व्यवसायिक रुपमा सबैभन्दा तीव्र गतिको इन्टरनेट सिंगापुरमा छ, जसको डाउनलोड स्पिड १९७.३ मेगाबिट्स पर सेकेन्ड छ।

मोनास, स्विनबर्न र आरएमआईटी विश्वविद्यालयका अनुसन्धानकर्ताले ‘माइक्रो कम्ब अप्टिकल चिप’ प्रयोगबाट मेलबर्नमा यो परीक्षण गरेका हुन्।

‘यो प्रविधिलाई व्यावसायिक बनाउन विश्वव्यापी प्रतिस्पर्धा चलिरहेको छ,’ मोनास युनिभर्सिटीका डा. बिल कोरकोरान भन्छन्, ‘पाँच वर्षसम्ममा यसको व्यावसायिक प्रयोग सुरु हुने आशा छ।’

यससम्बन्धी अध्ययन नेचर कम्युनिकेसन जर्नलमा प्रकाशित छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .