कोरोना महामारीसँग जुधिरहेका भारतका जनतालाई बंगालको खाडीमा विकसित शक्तिशाली आँधी (चक्रवात) ले थप आतंक सिर्जना गरेको छ।
सोमबार दिउँसो यसले ‘सुपर चक्रवात’ को रूप धारण गरेपछि तटीय क्षेत्रका लाखौं मानिसलाई सुरक्षित स्थानमा सारिएको बीबीसी हिन्दीले जनाएको छ।
१९९९ अक्टोरबरपछि बंगालको खाडीमा पहिलोपटक यति शक्तिशाली चक्रवात बनेको हो।
लकडाउनका कारण पैदलै आफ्ना गाउँ फर्किरहेका ओडिसा र पश्चिम बंगालका अन्य राज्यका मजदुर पनि चक्रवातले समस्यामा परेका छन्।
भारत सरकारले रेल सञ्चालन गरेको भए पनि गाउँ फर्किने मानिसको संख्या यति धेरै भएको छ कि धेरै मानिस हिँडेरै जाने निर्णयमा पुगेका छन्।
अहिले आँधीबेहरीबाट प्रभावित क्षेत्रमा उद्धार कार्य भइरहेको छ।
याे आँधी अत्यन्तै शक्तिशाली भएकाे विज्ञले बताएका छन्। तर यो समुद्री किनारमा ठाेक्किएपछि यसको गति अलि कम हुने अपेक्षा गरिएकाे छ।
प्रतिक्रिया