ad ad

समाज


सीमापारि आमाबुबा बितेको खबर, आउन नदिएपछि क्वारेन्टिनमै किरिया

सीमापारि आमाबुबा बितेको खबर, आउन नदिएपछि क्वारेन्टिनमै किरिया

नेपालखबर
जेठ ५, २०७७ सोमबार ११:२३,

हिउँदमा मजदुरीका लागि भारत छिरेका बैतडीको सुर्नया गाउँपालिका– ३ का राजेन्द्रप्रसाद भट्ट र तारा भट्ट कोरोना भाइरसको त्रास बढेपछि घर फर्कन सीमावर्ती क्षेत्र झुलाघाट आए।

उनीहरु सीमामा आउँदा नेपाल प्रवेश नाका बन्द भइसकेको थियो। त्यसपछि दुबै जना झुलाघाटस्थित जिआइसी क्वारेन्टिनमा बसे। स्वदेशको साँधमै अड्किएका दुवै जनाले घरमा फोन गरी पिर नमान्नु भन्दै जानकारी गराएका थिए। घर फर्कने आशामा बसेका दुवै जना अचानक बुबा बितेको खबर पाएपछि बेहोसझैं बने।

बुबाको अन्तिम संस्कारमा जान उनीहरु हारगुहार गरेका थिए। तर, नेपाल प्रवेश गर्न सहज नहुँदा प्रवासको शिविरमै दुवै जना सेतो कपडामा किरियामा बसेका छन्। बुबाको दाहसंस्कारमा त उपस्थित हुन पाएनन् नै नेपाल प्रवेशको अनुमति नपाएपछि क्वारेन्टिनमै किरिया बसेका छन्। भट्टद्वयका बुबा देवदत्त भट्टको गत वैशाख ३१ गते मृत्यु भएको थियो।

यस्तै पुर्चौडी नगरपालिका– ७ का ठगी साउदकी आमा भुरी साउदको पनि यही जेठ १ मृत्यु भएको भए पनि नाका सिल हुँदा उनी झुलाघाटमै किरिया गरिरहेका छन्। यसका साथै सिगास गाउँपालिका– ९ का कृष्णसिंह धामीकी श्रीमती कलावती धामी गत वैशाख ३० गते बितेकी भए पनि कृष्णले पनि स्वदेश फर्कन पाएका छैनन्। स्वदेश फिर्ताका लागि सम्बन्धित सबैलाई आग्रह गरेका उनीहरुले झुलाघाटस्थित जिआइसी क्वारेन्टिाइनमा किरिया गरिरहेका भारतीय पत्रकार प्रमोदकुमार भट्टले जानकारी दिए।

यता बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले उनीहरुलाई नेपालकोतर्फबाट आफूहरु स्वदेश भित्र्याउन तयार रहेको बताएका छन्, ‘नेपाल सरकारबाट किरियापुत्रीको उद्धारका लागि आदेश आएको भए पनि भारतीय पक्षले ढिलाइ गरिरहेको छ’ उनले भने, ‘हामीले पिथौरागढको डिएम साबलाई चार दिन अगाडि नै पत्र काटिसकेका छौँ, भारतीय पक्ष सहमत हुँदा नाका खोली उनीहरुलाई स्वदेश भित्र्याउँछौँ।’ यसअघि लकडाउनकै बेला वैशाख १० गते पनि बैतडीका तीन किरियापुत्रीको झुलाघाट नाकाबाट उद्धार गरिएको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .