आइतबार केप केनाभेरालबाट प्रक्षेपण गरिएको रकेटले एक्स–३७बी अन्तरिक्ष विमान बोकेको छ।
उक्त अन्तरिक्ष विमान गोप्य योजनाको लागि अन्तरिक्षमा पठाइएको बीबीसीले जनाएको छ।
अर्बिटल टेस्ट भेइकल ओटीभी पनि भनेर चिनिने यस अमेरिकी अन्तरिक्षयानले पृथ्वीको कक्षमा भूउपग्रह राख्नेछ।
यसअघि शनिबार अमेरिकाले अन्तरिक्षयान अन्तरिक्षमा पठाउने योजना बनाएको थियो। तर खराब मौसमपछि उक्त कार्य स्थगित भएको थियो।
यस अन्तरिक्ष योजनालाई अमेरिकाले त्यहाँका स्वास्थ्यकर्मीप्रति समर्पित गरेको थियो। त्यसकारण उक्त रकेटमा ‘अमेरिका स्ट्रोङ’ लेखिएको बीबीसीले जनाएको छ।
प्रतिक्रिया