ad ad

कारोबार


बीमा समितिले भन्यो– निर्जीवन बीमा कम्पनीबाहेक अरुले कोरोना बीमा नगर

बीमा समितिले भन्यो– निर्जीवन बीमा कम्पनीबाहेक अरुले कोरोना बीमा नगर

नेपालखबर
जेठ ५, २०७७ सोमबार ११:४०,

बीमा समितिले कम्पनीहरुले धमाधम कोरोना बीमा गर्ने सूचना र विज्ञापन गर्नथालेपछि आफ्नो ध्यानाकर्षण भएको जनाएको छ।

समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले सोमबार विज्ञप्ति जारी गर्दै अब उप्रान्त निर्जीवन बीमा व्यवसाय गर्नेबाहेक अन्य संस्थाले कोरोना बीमासँग जोडेर आफ्नो सेवा व्यवसाय तथा विज्ञापन नगर्न भनेका हुन्।

समितिले बीमा ऐन २०४९ बमोजिम उक्त निर्देशन दिएको हो। विश्व महामारी कोरोना सुरु भएपछि जारी लकडाउनकै बीच जीवन बीमा कम्पनीहरुले बीमा गर्ने भन्दै सूचना तथा विज्ञापन निकालिरहेका छन्। समितिको निर्देशनसँगै अब ती कम्पनीहरुले त्यसरी विज्ञापन गर्न पाउनेछैनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .