भारतमा आज (शुक्रबार) बिहान रेलले किच्दा १६ मजदुरको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन्।
बीबीसी हिन्दीका अनुसार महाराष्ट्रको औरंगाबादमा शुक्रबार बिहान साढे ५ बजे रेलले किच्दा १६ आप्रवासी मजदुरको मृत्यु भएको हो।
ती मजदुर रेलकाे लिकमा सुतिरहेका बेला रेलले किचेकाे बताइएकाे छ। घाइते ५ जनलाई औरंगाबादस्थित सिभिल अस्पतालमा भर्ना गरिएकाे छ।
दक्षिण मध्य रेलवेका प्रमुख पीआरओले बीबीसीसँग कुरा गर्दै रेल दुर्घटनामा १६ मजदुरको मृत्यु भएको र ५ जना घाइते भएको पुष्टि गरेका छन्। उनले भनेका छन्, ‘मलाई लाग्छ, ती मजदुर लिकमा सुतिरहेका थिए।’
औरंगाबादकी एसपी मोक्षदा पाटिलका अनुसार ती मजदुर औरंगाबादनजिक जालनाको स्टिल कारखानामा काम गर्थे। उनीहरू भुसावलतर्फ गइरहेका बेला दुर्घटना भएको हो। उनीहरूलाई त्यहाँ एउटा रेलको व्यवस्था गरिने भनिएको थियो।
दुर्घटनाप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीले ले दुःख व्यक्त गरेका छन्।
ट्विट गर्दै माेदीले भनेका छन्, ‘महाराष्ट्रको औरंगाबादमा रेल दुर्घटनामा भएको जनताको मृत्यु अत्यन्त दुःखद छ। रेल मन्त्री पियुष गोयलसँग कुराकानी भएको छ। सबै घटना उनलाई थाहा छ। सक्दो सहयोग गरिनेछ।’
— Narendra Modi (@narendramodi) May 8, 2020Extremely anguished by the loss of lives due to the rail accident in Aurangabad, Maharashtra. Have spoken to Railway Minister Shri Piyush Goyal and he is closely monitoring the situation. All possible assistance required is being provided.
Shares
प्रतिक्रिया